• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाको माडी गाउँपालिका भित्र रहेका बजारहरुको अनुगमन सम्पन्न

रोल्पा २०८० जेष्ठ १२ गते शुक्रवार

रोल्पाको माडी गाउँपालिकाका विभिन्न स्थानमा रहेका पसलहरुको यो चरणको अनुगमन सम्पन्न भएको छ ।


     माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजनामा बजार अनुगमन टोली गठन गरि बजार अनुगमन गरिएको समिति संयोजक एवम् पालिका उपाध्यक्ष जयपुरी घर्तिमगरले बताउनुभयो ।

अनुगमन टोली संयोजकमा गाउँपालिकाका प्रशासन अधिकृत पहलमान वली हुन्हुहुन्छ भने, इलाका प्रशासन कार्यालय घर्तिगाउँ, ईलाका प्रहरी कार्यालय घर्तिगाउँ, नेपाल पत्रकार महासंघ, गाउँपालिका सम्बन्धित शाखा प्रमुख, उद्योग बाणिज्य संघका प्रतिनिधिहरु सदस्य रहेको टोली बनेर माडी गाउँपालिका मुख्य बजार घर्तिगाउँ, तालावाङ, मिनही, घोर्नेटी, पाछावाङ, बुढागाउँ, जगरबोटलगाएत स्थानीय पसल र बजारको अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा विभिन्न पसलहरुबाट  केहि पिय पदार्थ, खाद्यान्न  र किरानाका सामान म्याद गुज्रिएको पाइएको थियो भने सम्पुर्ण पसलमा मुल्य सुची नराखेको पाइएको थियो । साथै लेवल नभएको सामान समेत बिक्रि बितरण भएको पाइएको छ ।       

    अनुगमनमा देखिएका विभिन्न कमीकमजोरीलाइ सुधार गर्न आग्रह गरिएको छ भने पुन सोहि कमीकमजोरी देखिए अन्य प्रक्रिया चाल्ने चेतावनीसमेत दिएको गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले बताउनुभयो । व्यापार व्यवसायबाट उपभोक्ताको हित विपरीत हुन नदिन नियमित बजार अनुगमन गरिने र उपभोक्ताले समेत म्याद गुज्रिएका सामान प्रयोग नगर्न गाउँपालिकाले आग्रह गरेको छ ।


अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएको समानलाइ सम्बन्धित व्यापारीलाइ उपस्थिति गराइ नस्ट र उत्पादकहरुसँग पनि सम्पर्क गराइने पालिका अध्यक्ष अमरसिंह घर्तिमगर बताउनुभएको छ ।

अनुगमनमा गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर, उपाध्यक्ष जयपुरी घर्तिमगर, इलाका प्रशासन कार्यालय घर्तिगाउँका कायममुकायम कार्यालय प्रमुख गन बहादुर बिक, इलाका प्रहरी कार्यालय घर्तिगाउँका प्रहरी निरीक्षक देवराज भट्टराई, माडी गाउँपालिका प्रशासन शाखा प्रमुख पहलमान वली, जनस्वास्थ्य निरीक्षक जय प्रकाश बुढा, पत्रकार महासंघ रोल्पाका सदस्य पत्रकार बुद्धिमान ओली, नगर प्रहरी, कृषि र पशु शाखा प्रमुख लगाएतको उपस्थिति रहेको थियो । बजार अनुगमन हाल सम्पन्न भएपनि छड्के र नियमित हुने गाउँपालिकाले जनाएको छ ।\

प्रतिक्रिया दिनुहोस