• एउटै दृष्टि, भिन्न कोण
  • Search

औषधिजन्य प्रयोजनका लागि गाँजा खेती सम्भाव्यताको अध्ययन गरिने

काठमाडौ २०८० जेष्ठ १५ गते सोमवार

सरकारले औषधिजन्य प्रयोजनका लागि गाँजा खेती सम्भाव्यताको अध्ययन गर्ने भएको छ ।  आगामी आर्थिक वर्षको २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले गाँजा खेतीको अध्ययन गर्ने घोषणा गरेका हुन् ।

नले सो घोषणा गर्दा सांसदहरुले ताली बजाएका थिए । प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष भने एक अर्कालाई हेरेर मुसुमुसु हाँसेका थिए । कृषिमन्त्री बेदुराम भुसाल पनि दंग परेर हाँसे भने उनीहरु हाँसेपछि अर्थमन्त्री पनि हाँसे ।

नेपालमा व्यापारिक प्रयोजनका लागि गाँजा खेतिलाई बैधता दिनुपर्ने माग उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस