माडी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाद्वारा तालिम प्राप्त सामुदायिक कृषि तथा भेटेरिनरी उद्यमीलाइ पशु औसधि तथा सामाग्री हस्तान्तरण गरिएको छ ।

माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले सामाग्री हस्तान्तरण गर्दै कृषकहरुको लागि निकै महत्त्वपूर्ण र सहज सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । परियोजनाले किसानका लागि प्रदान गरिएको औसधि र सेवा निशुल्क प्रवाह गर्न यो सामाग्री हस्तान्तरण गरिएको हो । अव किसानले कुनै पनि सेवा निशुल्क पाउने छन् भने हस्तान्तरण गरिएको औसधि समेत निशुल्क प्राप्त गर्नेछन् । जस्को लागि अहिलेको आर्थिक वर्षमा वडा नम्बर ४ मा तुफान परियार,वडा नम्बर ५ मा नन्दिका बुढामगर, वडा नम्बर ६ मा सुन कुमारी पुनलाइ नियुक्ति दिइएको छ ।

परियोजनाले नियुक्त गरेका प्रविधिकबाट घरसम्म पुगेर दिइने सेवा निशुल्क रहने छ । आगामी आर्थिक वर्षदेखि सबै वडामा नियुक्ति दिएर सेवा निशुल्क दिने परियोजनाले जानकारी दिएको छ ।