रोल्पाको गंगादेव गाउँपालिकामा पूर्ण खोप गाउँपालिका घोषणा तथा दिगोपना कार्यक्रम सम्पन्न भएको छ ।
गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला खोप समन्वय समिति रोल्पाका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदी रहनु भएको थियो भने विशिष्ट अतिथिमा गंगादेव गाउँपालिका उपाध्यक्ष अमृता कुमारी के.सी. रहनुभएको थियो ।
कार्यक्रमको अन्य अतिथिहरुमा स्वास्थ्य कार्यालय रोल्पाका ल्याप टेक्नीसियन निरीक्षक जितबहादुर डागी, नेपाली कांग्रेस गंगादेव गाउँपालिकाका सभापती मिनबहादुर खड्का, गंगादेव गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अमृतबहादुर वली, वडा नं. २ का वडा अध्यक्ष अम्मर बहादुर खत्री, वडा नं. ३ का वडा अध्यक्ष लोकमान वली, वडा नं. ४ का कार्यबाहाक वडा अध्यक्ष इन्द्र बहादुर वली, वडा नं. ६ का वडा अध्यक्ष विरबहादुर वली, वडा नं. ७ का वडा अध्यक्ष प्रेमप्रकाश के.सी लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सवै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मि, विभिन्न वडाका महिला आमा समुह, स्वास्थ्य स्वमसेविका, अन्य पार्टीका प्रमुख तथा प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो । गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शालीकराम बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन राँक स्वास्थ्यचौकीका स्वास्थ्य प्रमुख नरहरीनाथ योगीले गर्नुभएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको प्रतिवेदन गंगादेव गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक शकलदेव यादवले गर्नुभएको थियो ।
पुर्ण खोप गाउँपालिका घोषणा तथा दिगोपना कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समिति रोल्पाका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले रोल्पा जिल्लाको पुर्ण खोप गाउँपालिका घोषणा मध्य गंगादेव गाउँपालिका अन्तीम पुर्ण खोप गाउँपालिका घोषणा भएको बताउनु भयो । अन्य पालिका भन्दा पहिलेनै गंगादेव गाउँपालिकाले आफ्नो सम्पुर्ण कार्यक्रम सम्पन्न गरीसकेको भएपनी विभित कारणवस आजमात्र पूर्ण खोप गाउँपालिका घोषणा गरिएको बताउनु भयो ।
त्यस्तै गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा भएको खुसी व्यक्त गर्दै आगामी दिनहरुमा स्वास्थ्य क्षेत्रका समस्याहरुलाई प्राथामिकताका साथ गाउँपालिकाका निति तथा योजनाहरुमा समेट्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यस्तै उपाध्यक्ष अमृता कुमारी के.सी.ले पूर्ण खोप स्थानिय तह घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखी यसको दिगोपना सनिश्चताका लागी गाउँपालिकाले ध्यान दिन आवश्यक रहेको बताउदै पुर्ण खोप गाउँपालिका घोष्णा कार्यक्रममा आइपुग्दा सहयोग गर्नुहुने सवैलाई विशेष धन्यावाद व्यक्त गर्नुभयो ।