• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्वास्थ्यकर्मी र राहत लिएर अध्यक्ष पुन पुगे सुत्केरी महिला भेट्न

रोल्पा २०८० असार ११ गते सोमवार

रोल्पाको रुन्टिगढि गाउपालिका अध्यक्ष जनक पुन स्वास्थ्यकर्मी र राहत लिएर एक सुत्केरी महिला भेट्न घरमै पुगेका छन ।

पुनले सुत्केरी महिलाको आर्थिक अबस्था र उनको स्वास्थ्यमा समस्या देखिएको खबर पाय लगत्तै झेनाम स्वास्थ्य चौकी कि इन्चार्ज त्रिपुरा थापा सहित राहत सामाग्री वल्याङकेट , डस्ना , चामला , नुन , तेल , दाल , अन्डा , पिठो , सुत्केरी , महिलालाई पोषण युक्त भिटामिन पौष्टिक आहार लगेर रुन्टिगढि गाउपालिका वडा न. ८ को झेनाम कि सुत्केरी महिला पुतलि बि.क लाई भेटन पुगेका हुन ।

सुत्केरी महिला र बच्चाको झेनाम स्वास्थ्य चौकी कि इन्चार्ज त्रिपुरा थापा ले चेकजाच गर्नु भएको थियो । चेकजाच पछि थापा ले आमाको अबस्था सामान्य रहेका र बच्चाको तौल जम्मा २ के।जि भएकाले केहि समस्या देखिन सक्ने बताउनु भयो । त्यस पश्रता अध्यक्ष पुनले सुत्केरी महिला र बच्चाको अबस्था सामान्य नभए सम्म घरमै उपचार सेवा दिन निर्देशन दिनु भएको छ । पुतलीले ११ गते सोमबार बिहान ३ बजे घरमै बच्चा जन्माएकि थिईन ।

घरमा उनि र उनका अन्य २ बच्चा मात्र बस्दै आएका छन । उनको श्रीमान जेष्ठ १३ गते देखि नै सम्र्पक बिहिन रहेको उनले बताईन । उनको घरको अबस्था निकै दैनिय छ । एउटा भएको ठहरो समेत निकै जिर्न देखिन छ । उनको अबस्था निकै कम्जोर देखेपछि अध्यक्ष पुनले थप समस्या परे तुरुन्तै खबर गर्न समेत आग्रह गरेका छन ।

त्यस पश्रात सुत्केरी महिला पुतलीले आफना केहि समस्या द्रसाइन र धन्यवाद दिइन । राहत सामाग्री हस्तान्तरणमा वडा न. ८ कि वडा अध्यक्ष तुल्सि पुन , वडा न. ८ कि महिला वडा सदस्य , लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस