स्थानीय तहको रोजगार रणनीति तयारीका लागि सरोकारवालाहरुसँगको धारणा संकलन कार्यक्रम रोल्पाको माडी २ घर्तिगाउँमा सम्पन्न भएको छ ।

माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, उद्योगी, व्यापारी, शिक्षक, पत्रकारलगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन गरिएको थियो । माडी गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजगार सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाले लिखित सुझाव समेत प्रस्तुत गरेका छन ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले प्रत्येक वर्ष फाल्गुन मसान्तसम्म सुचीकृत वेरोजगारहरुबाट वर्षमा १ सय दिन रोजगार दिदै आइरहेको छ भने वैदेशिक रोजागारीको श्रम स्वीकृति समेत दिदै आइरहेको छ ।
