• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्विनीका सभामुखद्वारा बकरा ईद (इद उल अजाह)को अवसरमा शुभकामना व्यक्त

दाङ २०८० असार १४ गते बिहिवार


दाङ्ग । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकराईद (इद उल अजाह) कुर्वानी पर्वको अवसरमा देश विदेशमा रहनुहुने सम्पुर्ण लुम्विनी प्रदेशवासी मुस्लिम समुदायका आमा –बुवा, दिदी–वहिनी, दाजु–भाई, सबैलाई शुभकामना व्यक्त गर्नु भएको छ ।
विहिवार जारी गरिएको शुभकामना सन्देशमा सभामुख घर्ती मगरले नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपुर्ण मुलुक भएको र विविधतामा एकता हाम्रो पहिचान भएको उल्लेख गर्नु भएको छ ।
“हाम्रा धार्मिक, सांस्कतिक पर्वहरुले सबै समुदाय बीच एक आपसमा सदभाव भातृत्वको विकास गरी एकतावद्ध बनाउन महत्वपुर्ण भूमिका खेलेको छ । यि पर्वहरुले मौलिक सांस्कृतीक पक्षको उजागर र प्रवद्र्धनमा समेत टेवा पु¥याउने विश्वास लिएको छु । ” शुभकामना सन्देशमा उल्लेख छ ।
उहांले विगतमा राज्यद्धारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्विनी प्रदेश सभा महत्वपुर्ण नीति र कानुन निर्माणमा प्रतिवद्ध रहदै आएको जनाउनु भएको छ । महान् जनयुद्ध तथा जनआन्दोलन क्रान्ति र संघर्षबाट मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता, जस्ता महत्वपुर्ण राजनीतिक उपलब्धी प्राप्त भएको र यसलाई संस्थागत विकास गर्दै समाजवादमा पुग्ने लक्ष्यमा दृढताका साथ लाग्नु आजको आवश्यकता रहेको शुभकामना सन्देशमा उहांले उल्लेख गर्नु भएको छ ।
राजनीतिक परिवर्तन, विभिन्न चरणका क्रान्ति, संघर्ष, आन्दोलन र महान् जनयुद्धमा मुस्लिम समुदायले खेलेको भूमिका अविस्मरणीय रहेको जनाउनु हुदै सभामुख घर्ती मगरले विभेदमा पारिएका समुदायको भाषा, संस्कृति, लिपि, चाडपर्वको ऐतिहासिक तथा सांस्कृतिक पक्षको संवद्र्धन र प्रर्वद्धनमा समेत उत्तिकै ध्यान दिन जरुरी रहेको सन्देशमा उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस