माडी गाउँपालिका वडा नम्बर ६ कोर्चावाङलाइ बिहिवार एक कार्यक्रमका विच पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ ।

माडी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खर्क बहादुर पुनको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सासंद दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यता र माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा माडी गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तिमगर, जिल्ला समन्वय समिति रोल्पाका सदस्य शेर वहादुर पुन र शर्मिला पुन, माडी २ का वडा अध्यक्ष ललित घर्तिमगर, वडा नम्बर ५ का वडा अध्यक्ष तेजेन्द्र बुढामगर, नेकपा एमाले जिल्ला कमिटी सदस्य कमन बुढामगर, नेकपा माओवादी केन्द्र माडी गाउँपालिका उपाध्यक्ष भरत बहादुर बुढामगर, नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष एवम् मानव अधिकारकर्मी खेम बुढामगरलगाएत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो ।

घोषणा कार्यक्रममा आमा समुहहरुले चेतनामूलक गीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाइ शोभनीय बनाएका थिए भने स्थानीय झाकी समुहले आफ्नो कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद पुनले २० वर्ष अघिको इतिहास हेर्दा र अहिले चलिरहेको जीवन शैली हेर्दा मानव सभ्यतामा धेरै सकारात्मक परिवर्तन भएको वताउदै घरमा सामान्य आनीबानी सुधार गर्न सके मात्रै पनि हामी स्वस्थ्य र खुशी हुनसक्ने बताउनुभयो । त्यस्तै विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष घर्तिमगरले माडी गाउँपालिको एक गौरवपुर्ण कार्य भएकाले मानिसलाइ भौतिक विकासले मात्र सन्तुष्टि नदिने भन्दै सामाजिक विकास नै पनि अति आवश्यक रहेकोमा एउटा चरण पार गरेको वताउनुभएको थियो ।

कार्यक्रममा पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्न सहयोग गर्नुहुने व्यक्ति तथा संघ संस्थालाइ सम्मान पत्रले सम्मान गरिएको थियो । माडी गाउँपालिकाले आगामी सन २०२८ सम्म गाउँपालिकालाइ पुर्ण सरसफाइ युक्त पालिका घोषणा गर्ने उद्देश्य लिएर विभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको छ । गाउँपालिकामा यस अघि विभिन्न टोल घोषणा भएपनि वडा नै घोषणा भएको यो पहिलो हो । यसै खुशीयालीमा वडा नम्बर ६ का स्थानीयले आफ्नो तह र तप्काबाट सहयोग र समर्थन गरेकोमा वडा नम्बर ६ का वडा अध्यक्ष खर्क बहादुर पुनले सबैलाई धन्यवाद दिनुभयो ।

वडा सदस्य कर्णमाली कामीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव अफिम घर्तिमगरले गर्नुभएको थियो ।


