काठमाडौको कालीमाटी फलफूल तथा तरकारी बजारमा रोल्पाको माडी २ घर्तिगाउँमा रहेको मिलिजुली साना किसान कृषि सहकारी संस्थाले स्टल प्राप्त गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले रिक्त रहेको स्थानमा स्टल वितरणका लागि गत पुस २१ गते गोरखापत्रमा सूचना प्रकाशन गरि आवेदन आह्वान गरेकोमा समितिको मुल्यांकनको आधारमा सबै भन्दा बढी अंक प्राप्त गर्ने आवेदकलाइ स्टल उपलब्ध गराउने असार गत १५ गतेको निर्णय बमोजिम माडी २ घर्तिगाउँको मिलिजुली साना किसान कृषि सहकारी संस्थाले स्टल प्राप्त गरेको सहकारीका अध्यक्ष रोहित सिंह घर्तिमगर बताउनुभयो ।
स्टल प्राप्त गरेपछि रोल्पाका कृषकले सिधै कालिमाटी बजारसँग सम्बन्ध जोड्न पाउने भएका छ्न् । कालिमाटी फलफूल तथा तरकारी बजार देशको सबैभन्दा ठुलो र केन्द्रमा रहेको बजार हो भने उक्त स्थानबाट दैनिक करोडौको तराकारी तथा फलफूल व्यापार हुने गर्दछ ।