• एउटै दृष्टि, भिन्न कोण
  • Search

माडी गाउँपालिकाको वित्तीय प्रगति ८६.७५ प्रतिशत

रोल्पा २०८० असार २७ गते बुधवार

रोल्पाको माडी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८०को वित्तीय प्रगति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को सम्पुर्ण खर्च तथा भुक्तानी सम्वन्धि कार्य २४ गते राति १२ बजेदेखि बन्द भएकाले गाउँपालिकाको वित्तीय प्रगति सार्वजनिक गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।
       गाउँपालिकाले जारी गरेको सूचना अनुसार यो वार्षिक वर्षमा चालु तर्फ विनियोजन गरेको रकम २९ करोड १३ लाख २८ हजार १ सय ७८ रुपैयाँ मध्ये २५ करोड १७ लाख २५  हजार ८ सय ६७ रुपैयाँ ७ पैसा अर्थात ८६.४० प्रतिशत र पुजीगत खर्च तर्फ विनियोजित रकम १५ करोड ७६ लाख ५२ हजार ५ सय ५० मध्ये १३ करोड ७७ लाख ५४ हजार ४ सय २५ रुपैयाँ अर्थात ८७.३७ प्रतिशत वजेट खर्च भएको छ।
यस्तै समग्रमा कुल विनियोजित वजेट रकम ४४ करोड ८९ लाख ८० हजार ७ सय २८ रुपैयाँ पैसा मध्ये ३८ करोड ९४ लाख ८० हजार ९ सय ९२ रुपैयाँ ७ पैसा अर्थात् ८६.७५ प्रतिशत बजेट खर्च भएको रहेको प्रमुख प्रशासकीय अधिकृत युवराज परियार र लेखा अधिकृत सुरज रानाद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस