• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेब गाउपालिका आफ्नै निर्णयबाट फेरि पछि हट्यो

रोल्पा २०८० साउन १६ गते मङ्गलवार

गंगादेब गाउपालिका रोल्पा फेरि आफ्नै निर्णयबाट पछि हटेको। केही दिन अघि मात्र गाँउपालिका शिक्षा समितिक‍ो बैठकबाट गाउँपालिकामा ५४ जना शिक्षकहरुको जागिर जानेगरि गरिएको निर्णयमा पछि हटेको हो ।

असार ३१ गते गाँउशिक्षा समितिको बैठकमा गरिएको  निर्णय कार्यान्वयन भन्दै शिक्षाशाखाबाट गाउँपालिका अनुदान दरबन्दि रिक्त भएको सुचना टाँस गरियो र सो स्थानमा बिज्ञापन गर्न निर्देशन गरेको थियो । केही बिद्यालयले बिज्ञापन आह्वान समेत गरि दरखास्त समेत लिइसकेको अबस्थामा एकाएक गाउँकार्यपालिकाको बैठकबाट सो निर्णय कार्यान्वय नगरि यथास्थितिमा रहने गाँउ कार्यपालिकाले निर्णय गरेको प्रतिलिपि बाहिरियो ।

गाउँपालिका अध्यक्षको अध्यक्षता गाँउशिक्षा समितिको बैठकबाट १५ दिन पहिले गरेको निर्णयबाट पछि हट्दै गाउँकार्यपालिकामा बिपरित निर्णय गरेकोमा अच्ममित भएको उनी निकटस्थहरु बताउछन। उनिहरुका अनुसार गाँउकार्यपालिकाको निर्णय बिना गरिएको काम अबैधानीक हुने र हतार गरि गरिएको निर्णय कार्यान्वयनमा उजुरी समेत लाग्ने देखिएकोमा कार्यपालिकामा पछि निर्णय गराउदा बैधानिक नहुने देखिएकोले हाललाई स्थगित गर्ने गरिएको एक कार्यपालिका सदस्यले बताए ।

गाउँपालिका सरकारको यस्तो आलोकाचो निर्णय चौतर्फी बिवादित बनेको छ । यस अघि पनि आफ्नै गाउँसभाको निर्णय बिपरित शिक्षा क्षेत्रका शिक्षक काजमा खटाउने निर्णय गरि पछि हटेका थिए !

प्रतिक्रिया दिनुहोस