• एउटै दृष्टि, भिन्न कोण
  • Search

म्युजिकल पिटी तालिमले विद्यार्थीमा उत्साह, अभिभावकमा खुशी

रोल्पा २०८० भाद्र २५ गते सोमवार

विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप अति नै आवश्यक हो । अहिले बिद्यालयमा बिहानी प्राथना गर्न विद्यार्थी उत्साहका साथ १० नबज्दै बिद्यालय पुग्न तछाडमछाड हुने गर्दछ । बिहानको प्राथनाले विद्यार्थीहरुमा दिनभर उर्जा प्रदान गर्छ ।

अहिले माडी गाउँपालिका वडा नम्बर २ ले आफ्नो वडा भित्र रहेका ३ वटा सामुदायिक बिद्यालयमा म्युजिकल पिटी तालिम दिएर विद्यार्थीमा उत्साह थपेको छ भने अभिभावकमा खुशी थपिदिएको छ । वडा नम्बर २ मा रहेका श्री कृष्ण माध्यामिक बिद्यालय घर्तिगाउँ, श्री भगवती आधारभूत बिद्यालय पारिवाङ, श्री साझा आधारभूत बिद्यालय व्याङखोलामा म्युजिकल पिटी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कालिका मानव ज्ञान् नमुना माध्यमिक बिद्यालय बुटवलका खेलकुद संयोजक, प्रदेश खेलकुद परिषद सदस्य तथा म्युजिकल पिटीका राष्ट्रिय अभियन्ता हरिस वलीले तिन वटै बिद्यालयमा पुगी प्रशिक्षण दिनुभएको वडा अध्यक्ष ललित घर्तिमगरले जानकारी दिनुभयो । निकै लामो संघर्षको आफ्नो जीवन कथा सुनाउदै रोल्पाको दुर्गम भेग गंगादेव ६ राँकमा जन्मनुभएका वलीले तिन वटै बिद्यालयमा विद्यार्थीमा संस्कार बिकासमा समेत जोड दिनुभएको थियो । शिक्षा क्षेत्रको बिकासमा आफ्नो निकै ध्यान भएको भन्दै वडा अध्यक्ष घर्तिमगरले वडाको बजेटबाट विद्यार्थीलाइ उत्साह थप्न यस्तो कार्यक्रम लिएको बताउनुभयो । कार्यक्रमलाइ सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले यस्तो खालको कार्यक्रमको लागि गाउँपालिकाले छुट्टै बजेट व्यवस्था गरेको र पालिका भित्रका सामुदायिक बिद्यालयमा कार्यक्रम संचालन गरिने बताउनुभयो ।
      बिद्यालयलाइ यस्तो कार्यक्रम दिएकोमा आफुहरुलाइ निकै खुशी लागेको बताउदै भगवती आधारभूत बिद्यालयका विव्यस अध्यक्ष खड्क बहादुर वलीले आगामी दिनमा समेत सिकेको सीपलाइ निरन्तरता दिन बिद्यालय लागि पर्ने बताउनुभयो । यस अघि बिद्यालयमा आएर लाइन लाग्न गाह्रो लाग्ने भएपनि अहिले बिद्यालय पुग्न निकै हतार हुने गरेको विद्यार्थीहरुले वताएका छन । विद्यार्थीले आफुले बनाएर लिएको माला आफ्नो अभिभावकलाइ लगाइदिदा अभिभावक समेत भावुक बनेको दृश्यले खुशीको आशु समेत देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस