• एउटै दृष्टि, भिन्न कोण
  • Search

पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पा २०८० कार्तिक ५ गते आइतवार

पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । पर्यटकीय स्थल रानीमहल नजिकै बैकुण्ठे भीरबाट जीप खोलामा खसेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुग्न ठूलो भीर र पहाड भएकाले उद्धारमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस