• एउटै दृष्टि, भिन्न कोण
  • Search

खरखजाना र अभद्र व्यवहार मुद्दा खेपिरहेका गंगादेव ४ का वडाअध्यक्ष वलीले पाए सफाई

रोल्पा २०८० कार्तिक १३ गते सोमवार

हातहतियार, खरखजाना र अभद्र व्यवहारको मुद्दा खेपिरहेका गंगादेव गाउँपालिका वडा ४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कृष्ण वली (विपिन) ले अन्त्त्‍त आरोप मुद्दाबाट सफाई पाएका छन् । कार्तिक १३ गते जिल्ला अदालत रोल्पाबाट निर्दोष सफाइ पाउदै उनी जेल जीवन मुक्त भएका हुन ।

२०८० वैशाख १४ गते जिल्ला अदालत रोल्पाले पुरपक्षकालागि जेल चलान गरेको थियो। जिल्ला न्यायाधीश श्री खिमानन्द भुषालको इजलासले वली विरुद्ध सरकारले लगाएको दाबी अभियोग नपुग्ने ठहर गरेको हो ।

वडाअध्यक्ष वली गाउँपालिका अध्यक्ष हरिबहादुर पुन सवार रहने गाडी तोडफोड गरेको आरोपमा २०७९ चैत्र ३० गते बिहिवार पक्राउ परेका थिए। पक्राउ परेपछि सार्वजनिक स्थान वा प्रवेश गर्ने कानूनी अधिकार नभएको स्थानमा प्रवेश गरी अभद्र व्यवहार गरेको नेपाल सरकार प्रतिवादी रहेर अभद्र व्यवहारको मुद्दा चलाईएको थियो ।

त्यस लगतै अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गरेको थियो । खानतलासी गर्दा घरको माथिल्लो तलामा माटोको डरीभित्र रातो बुट्टे रुमालजस्तो कपडाले बेरिएको अवस्थामा पेस्तोल फेला पारेको आरोप थियो ।

हातहतियारको आरोपलाई वलीले आफु घरमा नभएको अवस्थामा, हतियार घरमा लगेर राखिदिएर फसाईएको बताउदै आएका थिए।

फोटो: दिपक डाँगीको फेसबुक वालबाट

प्रतिक्रिया दिनुहोस