दाङको घोराहीमा रहेको पत्रकार महासंघको हलमा आज एक औपचारिक कार्यक्रम गर्दै मेरो दाङ HD को समुद्घाटन भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको आतित्यथा पत्रकार महासंघ दाङको अध्यक्ष दुर्गालाल केसिले गर्नु भएको थियो भने उक्त कार्यक्रमको सभापति दाङ डिजिटल मिडिया प्रालिका कार्यकारी निर्देशक तथा मेरो दाङ HD का प्रधान सम्पादक विपिनमणि आचार्य रहनु भएको थियो ।

टेलिभिजनका समाचार विभाग प्रमुख राजन राज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यक्रमको विशिष्ट अतिथि पत्रकार महासंघ दाङको सचिव आर के सितल, अम्बिकेशवरी क्याम्पसको क्याम्पस प्रमुख चन्द्र प्रकाश खनाल, नेपाली काङग्रेस वडा नं. ३ का सभापति सरद विसिले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रमको अतिथि युगवोध राष्ट्रिय दैनिकको पत्रकार सन्तोष खनाल लगायत सबैले मेरो दाङ HD को सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि दुर्गालाल केसिले, मेरो दाङ HD ले, सहि र तत्थ परक समाचार सम्प्रेषण गरेर समाजमा सकारात्मक उर्जा भर्छ भन्ने आशा रहेको बताउनु भएको थियो । कार्यक्रमका सभापति तथा मेरो दाङ HD का प्रधान सम्पादक विपिनमणि आचार्यले आफ्नो टेलिभिजन समाजको ऐना बनेर सहि तत्थ परक समाचार सम्प्रेषण गर्नुका साथै खेल्कुद, मनोरञ्जन रसाहित्य सम्बन्ध कार्यक्रम पनि प्रस्तुत गर्ने बताउनु भएको थियो ।
मेरो दाङ HD को समुद्घाटन तथा पत्रकारिता विषयक अन्तरक्रिया गरेपछि अन्त्यमा चियापान गर्दै कार्यक्रमको समापन भएको थियो । कार्यक्रमको सहजिकरण मेरो दाङ HD का कार्यक्रम विभाग प्रमुख विपिन आचार्यले गर्नु भएको थियो ।

