• एउटै दृष्टि, भिन्न कोण
  • Search

एनसेल शेयर खरिद बिक्री प्रकरणमा छानविन गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन

काठमाडौ २०८० मङ्सिर २१ गते बिहिवार

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित उच्चस्तरीय अध्ययन तथा छानविन समितिका सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का सुजनकुमार काफ्ले रहनुभएको छ ।

समितिलाई एक महिनाभित्र अ्रध्ययन तथा छानविन गरी प्रतिवेदन पेश गर्न समायवधि दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस