सत्तासाझेदार नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पस समितीलेआज भक्तपुरको सानाोठिमीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरिएको छ ।

सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गर्दै आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले सामाजिक सद्भाव भडकाउने र हामी नेपालीमा बेमेल र झगडा गराउने भन्दै मन्त्री किरातीको बिरोधमा कार्यक्रमको आयोजना गरिएको ने.वि. संघ सानोठिमी क्याम्पसका कार्यवाहक सभापति सिद्धराज जोशीले जानकारी दिए।
संस्कृति मन्त्री किराँतीले क्रिस्चियन धर्म नमान्नेहरू देशद्रोही र संविधानविरोधी भएको त्यस्तालाई जेलमा कोच्नुपर्ने विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सांकेतिक रूपमा मन्त्रीको पुत्ला दहन गरिएको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य याङ्जोर कार्कीले बताए।

अर्का केन्द्रिय सदस्य भुवन भट्टले धार्मिक स्वतन्त्रतामा खलल पुर्याउने गतिविधि गर्न कसैलाई छुट नभएको भन्दै तत्काल प्रधानमन्त्रीले मन्त्री किराँतीलाई बर्खास्त गर्नु पर्ने बताए ।
संगठनका एक दर्जन केन्द्रीय सदस्यको उपस्थितिमा मन्त्री किराँतीको राजीनामा माग्दै पुत्ला दहन गरिएको थियो ।

