• एउटै दृष्टि, भिन्न कोण
  • Search

मदन भण्डारी राजमार्ग अन्तर्गत “रोल्पा खण्ड” कोलागि बजेट सुनिश्चित

रोल्पा २०८० पुष २० गते शुक्रवार

बहुउद्देश्यीय सामरिक महत्व रहेको मदन भण्डारी राजमार्ग अन्तर्गत रोल्पा लिबाङ माडीचौर–घर्तिगाउ–पातीहाल्ने–बागचौर सड़क र बडीचौर १३.००० देखि गुटु–कर्णाली सम्मको मार्गकालागि बजेट नेपाल सरकार बाट सुनिश्चता भएको छ। बहुउद्देश्यीय सामरिक महत्व रहेको मदन भण्डारी राजमार्ग रोल्पा जिल्लाको विकासकालागि निकै महत्वपूर्ण  भूमिकामा रहनेछ ।

नेपाल सरकार अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगलार्ई २०८० साल पौष १६ गते रकम सुनिश्चिताकोलागि पत्रचार गरेपछि सडक निर्माणले तीव्रता पाउने देखिएको छ। पौष १६ गते अर्थमन्त्रालयद्वारा लिखित पत्रमा भनिएको छ ‘तहाँ आयोगको प.सं. २०८०/८१ च.नं.२१० र २२१ मिति २०८०/०८/२६ र मिति २०८०/०९/०८ मार्फत तपसिल बमोजिमका आयोजनाहरुकोलागि श्रोत सहमति माग भईआएको विषय पेश हुँदा मापदण्ड बमोजिमको कागजातहरु पुगेका तपसिल बमोजिमका बजेट उपशीर्षक नं.भएका आयोजनाहरुको लागि आयोजनाको बहुबर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड, २०८० को दफा ६(३) बमोजिम कुनै आर्थिक वर्षका लागि सिर्जना हुने दायित्व बराबरको रकम सोही आर्थिक वर्षमा सम्बन्धित मन्त्रालय वा निकायलाई प्राप्त बजेट सीमा भित्रबाट विनियोजन गर्ने र प्रचलित नेपाल कानून तथा स्वीकृत मापदण्ड बमोजिमको सबै विधि प्रकृया र कार्यविधि अनिवार्य रुपमा पुरा गरी खर्च व्यवस्थापन गर्ने गरी सोही मापदण्डको दफा ६(१) अनुसार तपसिल बमोजिमको रकम मात्रको स्रोत सहमति प्रदान गरिएको व्यहोरा मिति २०८०/०९/१३ (मा. मन्त्रिस्तर) को निर्णयानुसार अनुरोध छ ।’ उल्लेख छ।

रोल्पाका अधिकाशं जनताहरु लाभाविन्भत हुने मदन भण्डारी राजमार्गकोलागि मन्त्रालयबाट माग भएको रु. ६ अर्व ५३ करोड रुपैया थियो, मन्त्रालयबाट ६ अर्व ५० करोड रुपैया मात्र मन्त्रालबाट सहमति भएको छ। यसै भित्र रहेर आर्थिक वर्षमा खर्च हुने गरी लिबाङ–माडीचौर–घर्तिगाउ–पातीहाल्ने सम्मका लागि ४ अर्व ५० करोड रकम सुनिश्तिा भएको हो ।

रोल्पाका लाईफलाईनकोरुपमा रहेको मदन भण्डारी राजमार्गमा अधिकाशं जनताहरु लाभाविन्भत हुने र मन्त्रालयबाट रकम सुनिश्ताकालागि छलफल गरेको रोल्पा जिल्लाका संघीय सांसद तथा पूर्व मन्त्री वर्षमान पुनमगरले बताए।  पत्र प्रेशन गरेपछि रोल्पा खण्डकोलागि काम हुनेमा ढुक्कता भएको बताए । उहाँका अनुसार “पहिले मदन भण्डारी राजमार्ग कहाँबाट जाने भन्ने विषयमा बढी समय खचियौं, यसलाई किमिचौरबाट रोल्पाको लिबाङ-माडिचौर-घर्तीगाउँ- जिनावाङ पातिहाल्ना पुर्याउन सफल भएका छौ, अब यसको काम पुरा हुन्छ । धेरै रोल्पाली हामीहरुलाई फाइदा हुन्छ।”

रोल्पा जिल्लाका बहुसंख्यक जनता लाभाविन्त हुने भएपछि रोल्पालीहरु खुसी ब्यक्त गर्न थालेका छन।  रोल्पा लिबाङ निवासी केसरबहादुर सुनारले संघिय सांसद तथा पूर्व मन्त्री वर्षमान पुनमगरको पहलमा भएको यो पहल निकै राम्रो भएको बताए। उनले आफ्नो सामाजिक सञ्जाल फेसबु मार्फत धन्यवाद समेत दिएका छन । यस्तै गंगादेव गाउपालिका जिनाबाङ निवासी सामाजिक अभियान्ता विवस वलीले सामाजिक संजालमा खुसी ब्यक्त गर्दै मदन भण्डारी राजमार्गले गंगादेवलाई जिल्ला सदरमुकाम सम्मको दुरी छोटो बनाउनुको साथै समग्र रोल्पालाई हित हुने बताए। उनले यस सकारात्मक कार्यलाई सामाजिक संजालमा प्रशंसा समेत गरेका छन ।

मदनभण्डारी राजमार्गको काम सम्पन्न भएपछि रोल्पा जिल्लाको धेरै क्षेत्रलाइलाई सकरात्क प्रभाव बनाउने कुरामा निश्चित छ। रोल्पा जिल्ला र जिल्लाबासीको विकास र उन्नतिकोलागि निकै सकारात्मक पहल मानिन्छ। तसर्थ सामाजिक संजालमा मेरो पार्टी/ मेरो नेताले गरेको भनेर श्रेय लिनेहरुको लाइन बढेको देखिन्छ।

रोल्पाकोलागि गौरवको आयोजना लाइफलाइन मार्गको कार्य प्रगतिले निरन्तर सफलता पाउने र लक्ष्यमा पुगे गौरव गर्न सक्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस