• एउटै दृष्टि, भिन्न कोण
  • Search

वडा अध्यक्ष ओलीको धारना सार्वजनिक : भन्छन धम्की कि, सम्झाएको ?

रोल्पा २०८० माघ १० गते बुधवार

गंगादेव गाउपालिका वडा नं ३ का अध्यक्षले आफ्नो धारना सार्वजनिक गरेका छन । उनले सामाजिक संजाल फेसबुकमा वालमा आफ्नो धारना सार्वजनिक गर्दै कोहीपनि भ्रममा नपर्न अपिल गरेका छन ।

बिरेन्द्र माध्यामिक बिद्यालय नाउलीमा शिक्षक सरुवाको क्रियाकलापमा  नेकपाका केन्द्रीय सदस्यबाट गरिएको टेलिफोन संवादबाट वडाअध्यक्ष असन्तुष्ट छन । गंगादेवमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित एक मात्र वडा अध्यक्षले आफुले कतै राजनैतिक हस्तक्षेप नगरेको र आफ्नो बिरुद्धमा प्रेसित प्रेस बिज्ञप्तिमा कोही भ्रममा नपर्नुहुन भनेका छन ।

वडाअध्यक्ष ओलि सँगको टेलिफोन संवादमा उनले भने ” नेकपाका विभिन्न पात्रको नाममा एकै ब्यक्तिले तयार गरेका बिज्ञप्तिहरु हुन, मैले उहालाई टेलिफोन गरेर भनेको पनि छु, सत्य के हो, मैले लेखेको छु, मलाई प्रयोग गरिएका शब्दहरु सम्झाएका हुन कि, धम्काएका हुन ? आफै बुझ्नुहोला”

फेसबुमा सार्वजनिक धारना जस्ताको तस्तै

म सँग जोडिएको बिषयमा धारणा सार्वजनिक गरिएको
———————————————————–
१- बिरेन्द्र मावि नाउलीको शिक्षक सरुवा सन्दर्भमा नेकपा का पोलिटब्युरो सदस्य तथा नाताले दाजु श्री चुडामणी ओली “आदर्श” सँग माघ ६ गते शनिबार बिहान भएको टेलिफोन संवाद आवश्यक परेमा सुन्न सकिनेछ।  “बिब्यसले शिक्षक बिष्णु ओलीलाई सरुवा गर्न बहुमतबाट गरेको निर्णयमा हस्ताक्षर किन नगरेको? वडाअध्यक्षले हस्ताक्षर नगर्दा सरुवा गर्न नमिल्ने शिक्षा प्रमुखले भन्यो, तैले कसलाई लिन मानेको छस, भन, बिब्यसमा निर्णय गर्न लगाउछु, त पनि सिद्दिन्छस, शाखा प्रमुखलाई रुखमा झुण्ड्याएर जेल जान्छु भनेको छु,” भन्ने वाक्यांश बारम्बार दोहोर्याउनु भएको ! नजिक भए तेरो बालाई फोन दे म कुरा गर्छु, भन्दै सधै प्रयोग गर्ने शिष्टता शब्दहरु नभई आवेगका शब्दहरु म माथी पोख्नुभएको थियो !

२- शिक्षक सरुवाको सन्दर्भमा शिक्षा नियमावली / गाउँ शिक्षा नियमावली अनुसार पदेन सदस्य (वडाअध्यक्ष)ले निर्णयमा हस्ताक्षर नगर्दा निर्णय कार्यान्वन नहुने कतै ब्यवस्था नभएको र बिब्यसको बहुमतको निर्णय अनुसार शिक्षकको सरुवा गर्न मिल्छ, अन्यथा भए कानुन बमोजिम प्रकृया अगाडि बढाउन बाधा नपर्ने !

३- गंगादेब गाउपालिकाको गाँउशिक्षा नियमावली २०८० अनुसार बिब्यस अध्यक्ष (वडाअध्यक्ष वा वडा अध्यक्षले तोकेको जनप्रतिनिधि) हुने ब्यवस्था वडा नं ३ को कुनैपनि बिद्यालयमा मैले हस्तक्षेप नगरेको ।

४- म जिल्ला बाहिर भएको समयमा बिरेन्द्र मावि नाउलीमा अभिभावक भेलाको नाममा ४ सय माथी बिद्यार्थी भएको बिद्यालयमा २०/३० अभिभावक जम्मा गरेर (तिमिले जिताएको वडा अध्यक्षले केहीगर्न सकेन, मलाइ जिताएको भए अहिले सम्म धेरै गर्थे ) भन्दै मेरो बिरुद्ध भ्रम सृजना सगै बिद्यालयमा राजनिति गर्ने थलोकोरुपमा स्थापित गरेको महसुस भएको छ ।

माथि मैले उल्लेख गरेको बाहेक सामाजिक संजालमा मेरो विरुद्ध आएका अभिब्यक्तिमा सत्यता नभएको र कोहीपनि भ्रममा नपर्नहुन अपिल गर्दछु ।

  वडाअध्यक्ष
लोकमान ओली

नेपाल फ्युजनको “ फ्युजन संजालमा ”मा सामाजिक संजालमा आएका भनाईहरु जस्ताको त्यस्तै राख्ने गरेका छौं। – सम्पादक

प्रतिक्रिया दिनुहोस