रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिकाले शहिद मार्ग अन्तर्गत रिकाधुरी क्युबाङ तकसेरा खण्डमा हिपातले अवरुद्ध सडक सुचारु गरेको छ ।

प्रतिकुल मौसमका कारण देशका विभिन्न ठाउँहरुमा हिमपात भई जनजिवन प्रभावित तथा यातायात सेवा सेमेत बन्द भई रहेको अवस्थामा सहिदमार्गको रिकाधुरी क्युबाङ तकसेरा क्षेत्रमा जमेको हिमपात गाउँपालिकाद्धारा हटाई हिजो रातीदेखि यातायात सूचारु गराइएको छ । शुक्रबार दिउसो देखि गाउँपालिका उपाध्यक्षको नेतृत्वमा खटिएको टोलिलाई सडक सुचारु गर्न करिव ७ घण्टा लागेको थियो ।
सडक सुचारु गर्न गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर गिरी नेपाल पत्रकार महासंघ रुकुम पूर्व अध्यक्ष मैत्या घर्ती लगायत गाउँपालिकाका कर्मचारी सडक सुचारु गर्न खटिएका थिए ।
हिमपातकै कारण विहिबार देखि नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको र समस्या हल गर्न सम्बन्धित निकायमा सहकार्य भैरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताउनु भयो ।

