रोल्पाको गंगादेव गाउपालिका मा रहेको जिनावाङ स्वास्थ्य चौकीमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। गंगादेव गाउँपालिका रोल्पा र तुलसीपुर सिटी अस्पताल दाङको संयुक्त आयोजनामा आज शनिवार स्वास्थ्य शिविर संचालन गरिएको हो ।

स्वास्थ्य शिविरमा हाड जोर्नी, नसा सम्बन्धि रोग, नाक, कान घाटी, पेट, छाति, मुटु, कलेजो, प्रेशर, सुगर, मृगौला, हाइड्रोशिल, हर्निया, गाठागुठी, सम्बन्धि रोगहरुलाई, निशुल्क बिरामी जाँच, भिडियो एक्सरे, औषधी वितरण गर्ने लक्ष्य सहित शिविर संचालन गरिएको थियो ।
स्वास्थ्य शिविरबाट पुरुष २१४ जना र महिला ६४२ गरि कुल जम्मा ८५६ जनाले निशुल्क जाँच तथा परामर्श सेवा लिएको जिनावाङ स्वास्थ्य चौकी इन्चार्ज दाेर्ण बहादुर डाँगी ले जानकारी दिए। उनका अनुसार भिडियो एक्स-रे सेवा १४० जना, इसिजि सेवा १३१ जना, सुगर जाँच १७० जनाले सेवा लिएका थिए ।



