माओवादी केन्द्रले झक्कुप्रसाद सुवेदीलाई राष्ट्रियसभा अध्यक्षमा झक्कुप्रसाद सुवेदीलाई अघि सार्ने तयारी गरेको छ। उच्च श्रोतका अनुसार ६ वर्षे कार्यकाल भएका कारण माओवादीले सुवेदीलाई अघि सार्ने भएको हो ।

नयाँ सत्ता गठबन्धनमा आबद्ध चार दलका शीर्ष नेताबीच सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले गरेको ८ बुँदे सहमतिमा राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेले लिने उल्लेख छ।
गत १० माघमा सम्पन्न निर्वाचनमा रोल्पाका झक्कु सुवेदी लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । राष्ट्रियसभा अध्यक्ष चयनका लागि आगामी २९ फागुनमा निर्वाचन तोकिएको छ ।
राष्ट्रियसभा अध्यक्षमा निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नारायण दाहाल र सुवेदीको नाम चर्चामा भएपनि दाहालको चार वर्ष र श्रेष्ठको दुई वर्ष मात्र कार्यकाल बाँकी रहेकाले ६ वर्ष कार्यकाल रहेका सुवेदीले मौका पाउने भएका संभावना बलियो छ ।
यसैबीच सुवेदी अध्यक्ष बन्ने भएपछि माओवादी केन्द्रबाटै निर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिने छन् ।