हिमशिखर जनजागरण युवा क्लबको नयाँ कार्यसमिति चयन गरिएको छ । गंगादेव गाउँपालिका वडा नम्बर ७ तिमिलेमा रहेको हिमशिखर जनजागरण युवा क्लबको सातौँ कार्यसमिती चयन गरिएको हो ।
फागुन २५ गते वडा नं ७ का वडा अध्यक्ष प्रेम प्रकाश के सी को रोहवरमा बसेको बैठक बाट बसन्त बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको युवा क्लवले जनाएको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा निर्मल कुमार के सी, महिला उपाध्यक्ष कमला के सी, सचिव गौतम के सी, कोषाध्यक्ष सरिता केसी, सहसचिव नकेन्द्र के सी, सदस्यहरु दिपा के सी, पुर्णकला बस्नेत र झरणा केसी रहेका छन ।