• एउटै दृष्टि, भिन्न कोण
  • Search

हिमशिखर युवा कल्बको भित्तेपात्रो सार्वजनिक

रोल्पा २०८० चैत्र ३० गते शुक्रवार

हिमशिखर जनजागरण युवा क्लवले २०८१ सालको भित्ते पात्रो प्रकाशन गरेको छ । भित्तेपात्रोमा आकर्षणको रुपमा रोल्पा जिल्लाका दस स्थानिय तहमा रहेका पर्यटकिय गन्तव्य धार्मिक, सास्कृतिक, पर्यटकिय स्थलका तस्विरलाई  समेटेर भित्ते पात्रो प्रकाशन गरेको हो।

क्लवले प्रकाशन गरेको भित्ते पात्रोमा रोल्पा नगरपालिकाको जनयुद्ध स्मृति भ्यु टावर, माडी गाउँपालिकाको जननमुना हस्पिटल घोर्नेटी, सुनिस्मृति गाउँपालिको घोडागाउँ रातोमाटो, लुङग्री गाउँपालिकाको वडाचौर विमानस्थल, यस्तै त्रिवेणी गाउँपालिकाको ज्वार स्मुति बिर्गेट तिला, रुन्टीगढी गाउँपालिकाको गढिलेख, सुनछहरी गाउँपालिकाको सुन्छहरी झरना, थबाङ गाउँपालिकाको थबाङ र जलजला, परिवर्तन गाउँपालिकाको थुनिकोट मन्दिर, माउन्टेन ट्रयाकिङ स्तम्भ, राङकोट गौरिचौर र गंगादेव गाउँपालिको जथाक लेख, ताप्ला बजार, सुखाओडार, तिमिले गाउँ, रातामाटा टावर र राँकमाधुरी तस्विरहरु प्रचार प्रसारकोलागि समेटिएको कल्बका नि बर्तमान अध्यक्ष लोकेन्द्र केसीले बताए ।

बैशाख ३ गते गंगादेव गाउँपालिका वडा नं. ७ तिम्ले क्लवको भवनमा भित्तेपात्रो विमोचन गरिने, विमोचन कार्यक्रम पश्चात भित्तेपात्रो वितरण गरिने क्लवका अध्यक्ष वसन्त बस्नेतले जानकारी दिए ।
बैशाख ३ गतेका दिन बिमोचन कार्यक्रममा उपस्थितिकोलागि सम्पूर्णलाई क्लवले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस