• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुंग्री गाउँपालिका तेस्रो अध्यक्षकप मन्त्री पुनद्वारा उद्घाटन

रोल्पा २०८१ बैशाख ३ गते सोमवार

लुङ्ग्री गाउँपालिका तेस्रो अध्यक्ष कपको उद्घाटन उद्घाटन भएको छ । आइतवार लुङ्ग्री गाउपालीकाको कपलाचौरमा लुम्बिनी प्रदेशका मन्त्री तथा प्रवक्ता दिपेन्द्र कुुमार पुन “सिजल” ले उद्घाटन गर्नुभएको हो ।

“पुर्वाधार,कृषि र पर्यटन : समृद्ध लुङग्रीको मूख्य आधार ।” भन्ने नारासहित शुरु भएको खेलकुद बैशाख ८ गते सम्म चल्नेछ ।

लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा  प्रवक्ता माननीय दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले उद्घाटन मन्तब्य राख्दै लुम्बिनी प्रदेश सरकारको छिट्टै पूर्णता पाउने  त्यसपछि जनजीविकाको कामले गति लिने बताउनु भएको छ । सरकार फेरवदल मुख्य कुरा भन्दापनि जनताको समृद्धिको विषयमा आफूहरु लाग्ने प्रतिवद्धताको साथै रोल्पा पूर्वी क्षेत्रको विकास निर्माणको बारेमा जनताको आशा र अपेक्षा धेरै भएको र सरकारको बजेटको मात्रा घटिरहेको बीचको अन्तरविरोधबारेमा जनतालाई भन्नु पर्ने बताउनुभयो ।

उहाँले रोल्पा जिल्लाको पूर्वी भेग सुलिचौर देखि गामसम्मको सडक कालोपत्रे, रोल्पाको एकमात्र वडाचौर एर्पोट, खेलकुद मैदान, लालुबाङको पुल निर्माण यसै बेला हुने समेत बताउनुभयो । मन्त्री पुनले भन्नुभयो “सुलिचौरदेखि गामसम्मको सडकको कालोपत्रे भइरहेको छ, लुंग्री पहुँचमार्गमा निर्माण व्यावसायीले ढिलो गरेको कुरा पूर्वाधार कार्यालयले बताएको छ, कालो सूची बाहेक अर्काे उपाय छैन भन्नुभएको छ, अब अर्काे प्रक्रियामा जानुपर्ने पनि हुन्छ ।”

मन्त्री पुनमगरले वडाचौर एरपोटका विषयलाई लिएर सबैले राजनीति गर्न र भाषण गर्न सकिने भए पनि भाषण र राजनीतिले मात्रै एरपोर्ट नबन्ने र त्यसकालागि सबै लागेर मात्र काम बन्ने बताउनुभयो । उहाँले भन्नुभयोः “रोल्पाका एक मात्रै एरपोर्ट बन्नु पर्दछ, हालको सरकारले बजेट हाल्ने मैले संकेत पाएको छु, यस्तै लालुबाङ पुल निर्माणकालागि यही क्षेत्रबाट निर्वाचित जोखबहादुर सर मुख्यमन्त्री हुनु भएको छ यही बेला बन्नु पर्दछ ।”

मन्त्री पुनमगरले लुंग्री गाउँपालिकाको खेलमैदान अति आवश्यक भएकोले  कहाँ बनाउने भन्ने विषयमा टुङ्गो लगाउन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस