• एउटै दृष्टि, भिन्न कोण
  • Search

मगर राष्ट्रिय मुक्ति मोर्चा माडी गाउँपालिकाको प्रथम सम्मेलन घर्तिगाउँंमा सम्पन्न ।

रोल्पा २०८१ बैशाख ६ गते बिहिवार

नेकपा माओवादी केन्द्रको भातृ संगठन मगर राष्ट्रिय मुक्ति मोर्चाको प्रथम सम्पन्न माडी २ घर्तिगाउँ, रोल्पामा सम्पन्न भएको छ ।

मगर मुक्ति मोर्चा लुम्बिनी प्रदेश सदस्य भक्त बहादुर बुढाको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्र माडी जिल्ला समन्वय सदस्य एवम् गाउँपालिकाका कार्यबाहक अध्यक्ष भरत बहादुर बुढामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला समन्वय सदस्य जयपुरी घर्तिमगर, मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य कर्ण बहादुर बुढाको विशिष्ट आतिथ्यता रहेको थियो । सम्मेलनमा माडी गाउँपालिका स्थित ६ वटै वडाका पार्टी र मोर्चाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्मेलनले सुरेन्द्र बुढाको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरेको छ । जस्को उपाध्यक्षमा सुकबिर घर्तिमगर, सचिवमा शर्मिला पुन, कोषाध्यक्षमा गुणसरी बुढामगर र सह सचिबमा लाल कुमारी घर्तिमगर रहेको बताइएको छ ।

नेकपा माओवादी केन्द्र माडी गाउँपालिका २ का अध्यक्ष लिला बहादुर घर्तिमगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन लालबिर घर्तिमगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस