• एउटै दृष्टि, भिन्न कोण
  • Search

नागरिक स्तरबाट उद्धार गरिएका बिनोदलाल परियारलाई आफ्नो गाउँमा स्वागत ।

रोल्पा २०८१ बैशाख ६ गते बिहिवार

साउदीमा सडक दुर्घटनामा आफ्नो गल्ती नहुदा पनि साउदीको अदालतले १० वर्ष कैद र ३०,४०६ रेयल जरिवाना तोकिएका माडी ५ भावाङ सरुवाका बिनोदलाल परिवारलाई आज अभियान टोलीले स्वागत गरेको छ ।
  साउदी जेलमा रहेका परियारलाई नेपालबाट उद्धारका लागि २०८० मंसिरदेखि फाल्गुनसम्म माडी ५ सरुवाका रोशन परियारको संयोजकत्वमा अभियान टोली परिचालन गरिएको थियो । उक्त टोलीले नागरिक स्तरबाट ११ लाख ५७ हजार १ सय ६२ रुपैयाँ संकलन गरेको थियो । जसमध्ये  साउदी जेलमा तिरेको रकम र अन्य खर्च गरि १० लाख ८५ हजार २ सय ६५ रुपैयाँ खर्च भएको छ भने ७१ हजार ९ सय रुपैयाँ बचत रहेको आज सार्वजनिक गरिएको छ ।   यस बचत रकमलाई तपसिलका दुर्घटना तथा रोगले ग्रसित र उपचारारत व्यक्तिलाई सहयोग स्वरुप रकम कार्यक्रमका प्रमुख अतिथि माडी ५ भावाङका अध्यक्ष श्री तेजेन्द्र वुढामगर र अभियानका सकृय सदस्य तथा ने. क. पा.(माओवादी केन्द्र) का कार्यवाहक अध्यक्ष श्री भरत बहादुर वुढामगरद्वारा हस्तान्तरण गरिएको छ ।
  आय व्यय विवरण निम्नानुसार प्रस्तुत गरियो;
जम्मा संकलित रकम :-रु.११,५७,१६२/-
खर्चतर्फ:
-बिनोदलालको साउदी जेलमा तिरेको रु.१०,६४,०७०/-

  • बिनोदलाललाई काठमाडौदेखि घरसम्मको भाडा रु.१५३९५/-
  • रसिद छपाई+छाप बनाउदा रु. ५८००/-
  • जम्मा खर्छ रु.१०,८५,२६५/-
  • बचेको रकम रु .७१,९००/-

१-गणसरी वली(माडी ५ टाङधारा):- रु.८,०००/-
२-नरबहादुर वली(माडी ५ झौबाङ) :-रु.८,५००/-
३-पर्मलाल वुढामगर(माडी ५ वाङ्मा):- रु.८,५००/-
४-प्रेम घर्तीमगर(माडी ५ एनावाङ):-रु.८,५००/-
५- अस्मिता बि.क.(थवाङ ४, तेलखोला)रु.९,०००/-
६-नरसिङ वुढामगर(माडी ५ जङमाङ) रु. १०,०००/-
७-अमरबहादुर वुढमगर(माडी५ मङमाङ)रु.८,५००/-
८-हरिकला घर्ती मगर(माडी५, झौवाङ) रु. ७,५००/-
र कार्यक्रम व्यवस्थापन खर्च रु.३,४००/- गरि खर्च भएको छ।
यस बिनोदलाल परियार उद्धार अभियानमा आबद्ध भएर भूमिका निर्वाह गर्नुहुने ;
१- भिमबहादुर बाठा मगर( चिरन)
२-सन्तबहादुर घर्तीमगर
३-धनबहादुर वुढामगर
४-सविना घर्ती मगर
५-पहिलो पाईला नेपाल
६-प्रकाश बिक
७-विष्मलाल परियार
८-हिरालाल घर्ती
९-लोकेन्द्र वुढा मगर
१०- अमर डाँगी
११- गौप्रसाद घर्ती
१२-तिर्थ वुढामगर
१३- अन्तरास्ट्रिय रोल्पाली  सेवा समाज कतार शाखा
यस अभियानका मूख्य संयोजक
१- गंगाराम वुढामगर(जि आर गाउँले)- यस युनिट टिम परवासी समूहका अध्यक्ष
२ रुपेश बिक (एस युनिट टिम परवासी समुहका सचिव)
३ मन बहादुर परियार (एस युनिट टिम परवासी समुहका कोषाध्यक्ष)
४ भरत बहादुर वुढा मगर – ने.क.पा.( माओवादी केन्द्र) माडी गा. पा. कार्यवाहक अध्यक्ष
५ प्रशासनिक सहजीकरण वडा अध्यक्ष तेजेन्द्र वुढामगरलगाएत सबैलाइ विशेष धन्यवाद दिएको अभियान टिमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस