• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनीमा जसपाले हतारमा निणर्य गर्यो: प्रवक्ता दिपेन्द्र कुमार पुनमगर

देउखुरी २०८१ बैशाख १० गते सोमवार


लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री एवं लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारबाट राजनीनामा दिने विषय हतारमा गरेको निर्णय भएको बताउनुभयो । उहाँले यस्तो विषयमा सत्ता साझेदार दलहरु सबै गम्भिर हुनु पर्ने बताउनुभयो ।

सरकार भनेको सबै सत्ता साझेदारहरु दलको समान दायित्व भएकाले गर्दा सबै जिम्मेवार बन्नु पर्ने तर्क राख्नुभयो । लुम्बिनीमा त्यही मन्त्रालय र सरकारको दीगोपनाकालागि काठमण्डौँ मुख्यमन्त्री गएको समयमा नै यस्तो निणर्य गर्ने विषय भनेको दुखद भएको र मुख्यमन्त्री काठमाण्डौबाट आएपछि छलफलबाट अगाडि जान सकिने बताउनुभयो । उहाँले भन्नुभयोः-“यो सरकार सबैको हो, यसलाई सफल बनाउने जिम्मेवारी हे, यसमा कसैले दिने र लिने भन्ने प्रश्न नै आउँदै त्यसले यसलाई छलफलबाट हल गर्न सकिन्छ यसबाट भागेर हुँदैन । ”

उहाँले आपसी सहमति, समझदारीबाट टुङगो लगाउने र हालको निणर्यमाथी जसपाले पुन विचार गर्नेमा सरकारले विश्वास समेत गरेको छ । यस विषयमा जसपाका नेता अशोक यादवले आफूहरुलाई सरकारमा सम्मान जनक सहभागीता भएको र सहमति अनुसार २ वटा मन्त्री नदिएको भन्दै यस्तो निणर्य गरेको बताउनुभयो ।

यस विषयमा मुख्यमन्त्री जोखबहादुर महरा शिर्षस्थ नेताहरुसँगको भेटगाटपछि काठमाण्डौबाट ११ गते फर्केपछि सबै विषयमा टुङ्गो लगाउन सकिने गरी तयारी भएको समेत प्रवक्ता पुनमगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस