• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्वास्थ्यक्षेत्र सुधारकोलागि पहल गर्नेछु: स्वास्थ्य मन्त्री पुनमगर

रोल्पा २०८१ बैशाख २२ गते शनिवार

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनमगर “सिजल”ले रोल्पा जिल्लाको स्वास्थ्य क्षेत्र सुधार क्रमिकरुपले अगाडि बढेको बताउनु भएको छ। रोल्पा अस्पतालको निरिक्षण तथा अनुगमनको क्रममा स्वास्थ्यकर्मीहरुसँगको जिज्ञासालाई सम्बोधन गर्दै रोल्पा र आम लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्र सुधारकोलागि मन्त्री पदमा रहन्जेल सकारात्मक पहल चाल्ने बताउनु भएको हो ।

नागरिकको सबैभन्दा ठूलो धन स्वास्थ्य भएकोले त्यसकालागि राज्य, आम जनताको स्वास्थ्य सुधार गर्दै यसको वृद्धीका विकासकालागि आगामी दिनमा सरोकारवालको सहकार्यतामा थप सुधार गर्न लाग्नुपर्ने र नेपालमा स्वास्थ्यको सुधार गरेर मात्रै  समृद्धितिर अगाडि बढ्ने सकिने तर्क अघि सार्नुभयो ।

  नेपालमा विरामीको संख्या र दक्ष जनशक्तिको वीचमा रहेको खाडल हटाउनु पर्ने तर्क छ । उहाँले भन्नुभयोः–“ विरामीको संख्या धेरै भयो, उपचार गर्ने चिकित्सवको टोली थोरै छ त्यसैले यस प्रकारका खाडललाई हल गर्नुपर्दछ । ” स्वास्थ्य क्षेत्रलाई सुधार गर्नकालागि केही नीतिगत कुरालाई संम्सोधन गर्न आवश्यक रहेको र नीतिगत सुधारकालागि पदमा रहन्जेल आफूले प्रयास गर्ने बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मीहरुले दुर्गममा आएर सेवा गर्ने वातावरण निर्माण गर्नकालागि लागेको र रोल्पा जिल्लाको केही सुधार गर्ने कार्यक्रम यसै वर्षको बजेटमा संम्वोधन गर्न प्रयास गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस