माडी गाउँपालिका वडा नम्बर १ का साविक ओत गाविस अन्तर्गत पर्ने वडा नम्बर ३,४ र ५ लाई आज एक औपचारिक कार्यक्रमका बीच शुकवार (आज) पुर्ण सरसफाइ उन्मुख वडा घोषणा भएका छन ।
माडी १ का वडा अध्यक्ष रोहित सिं घर्तिमगरको अध्यक्षता एवम् माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तिमगरको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा माडी गाउँपालिका वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष भरत बहादुर बुढामगर, वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष आम बहादुर घर्तिमगर, नेपाली कंग्रेसका प्रतिनिधि इन्द्रजीत घर्तिमगर, नेकपा एमाले माडी गाउँ कमिटी सचिव अमृत खड्का, नेकपा माओवादी केन्द्र माडी १ का अध्यक्ष बलसिङ घर्तिमगर, नेकपा (विप्लव) का रोल्पा जिल्ला सेक्रेटरी कुशल वली, गंगादेव १ का वडा सचिव त्रिभुवन सिं घर्तिमगरलगएत बिद्यालय, आमा समुह, युवा क्लब, सरसफाइ समुहहरुको उपस्थिति रहेको थियो ।
सविक ओत गाविस, हाल माडी गाउँपालिका वडा नम्बर १ का ७ वटा टोल विकास संस्थालाई एक भव्य समारोहका विच गरिएको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष घर्तिमगरले भौतिक विकास मात्र विकास नभएर सामाजिक जागरणका विभिन्न पक्षहरुसमेत विकासको सुचाङ्कमा पर्ने बताउदै मानवीय विकासलाई पनि असाध्यै महत्त्व लिदै गाउँपालिका अगाडि बढेको बताउनुभयो । आमा समुह, बिद्यालयलगाएतले सांस्कृतिक प्रस्तुति दिदै कार्यक्रमलाई भव्य वनाएका थिए भने सरसफाइ सम्बन्धि नाटक समेत प्रस्तुत गरिएको थियो ।
वडा सदस्य शिव प्रसाद वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव भुवन बाँठामगरले गर्नुभएको गाउँपालिकाका प्रेस सल्लाहकार बुद्धिमान ओलीले जानकारी दिनुभयो ।