• एउटै दृष्टि, भिन्न कोण
  • Search

एडमण्ड सिटी हस्पिटलले रोल्पाका आगलागी प्रभावित परिवारको नि:शुल्क उपचार गर्ने

दाङ २०८१ जेष्ठ १० गते बिहिवार

एडमण्ड सिटी हस्पिटल बुटवलले रोल्पामा आगलागीबाट प्रभावित परिवारका लागि एक वर्षसम्म नि:शुल्क उपचार गर्न सुशील कोइराला स्मृती प्रतिष्ठान रोल्पा सँग सम्झौता गरेको छ ।

जिल्लाको लुङ्ग्री गाउँपालिका र सुनिलस्मृती गाउँपालिकामा भएको आगलागीबाट प्रभावित परिवारका लागि एक वर्षसम्मको लागि नि: शुल्क उपचार गर्ने गरि `स्वास्थ्य सेवा सम्झौता´ भएको हो। बिरामीको औषधि बाहेकका अन्य कुनै उपचार, परामर्श तथा शल्यक्रिया शुल्क नलाग्ने सम्झौता पत्रमा उल्लेख छ।

आगलागीबाट प्रभावित भएका लुङ्ग्री गाउँपालिका वडा नं -१ सिर्प का ८ परिवार र सुनिलस्मृती गाउँपालिका -२ खुङ्ग्रीका ३ गरि ११ परिवारले यो सम्झौता अनुसार १ वर्षसम्म नि:शुल्क सेवा पाउने भएका छन।

सम्झौता पत्रमा पहिलो पक्षको तर्फबाट एडमण्ड सिटी हस्पिट लबुटवलका सुचना तथा जनसम्पर्क अधिकारी मुक्ति काफ्ले र दोस्रो पक्ष सुशील कोइराला स्मृती प्रतिष्ठान रोल्पाका अध्यक्ष योगेन्द्र अनुपम जिसीले हस्ताक्षर गरेका छन।

प्रतिक्रिया दिनुहोस