दुइदिने निशुल्क मोतिविन्दु शल्यक्रिया शिविर माडी गाउँपालिका वडा नम्बर २ को घर्तिगाउँ स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान,तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पा, नेपाल रेडक्रस सोसाइटी रोल्पाको आयोजनामा, द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा माडी गाउँपालिका र परिवर्तन गाउँपालिका रोल्पाको सहकार्यमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको हो ।
जेठ १३ र १४ गते घर्तीगाउँ स्वास्थ्य चौकी माडी-२ रोल्पामा भएको शल्यक्रिया शिविरमा १२१ जना मोतिबिन्दु भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ । निःशुल्क शल्यक्रिया शिविरलाई सम्पन्न गर्न सहयोग गर्नुहुने तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विषेशज्ञ डा. नम्रता गुप्ता, डा. उदय चन्द्र प्रकाश र वरिष्ठ नेत्र अधिकृत सरोज देवकोटा सहितको प्राविधिक टीम, माडी गाउँपालिका घर्तीगाउँ रोल्पा,परिवर्तन गाउँपालिका रोल्पा, माडी गाउँपालिका २ नं वडा अध्यक्ष ललित घर्तिमगर, माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर,उपाध्यक्ष जयपुरी घर्तिमगर, माडी गाउँपालिका जनस्वास्थ्य निरीक्षक जय प्रकाश बुढा , घर्तीगाउँ स्वास्थ्य चौकी प्रमुख नन्द बहादुर घर्तीलगाएत स्वस्थ्यकर्मी,स्वास्थ्य स्वयमसेविकाहरु, नेपाल रेडक्रस सोसाइटी उपशाखा घर्तीगाउँ सभापति मान बहादुर घर्तिलगाएत कार्यसमिति , नेपाल प्रहरी, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा आयोजकले धन्यवाद एबम् आभार व्यक्त गरेको छ ।

यस्तै तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पालाई मोतिबिन्दुको कारणले हुने अन्धोपन न्यूनीकरण अभियानमा अतुलनीय सहयोग गरेको प्रति सहभागीले धन्यवाद व्यक्त गरेका थिए ।



