रोल्पाको माडी गाउँपालिका यस वर्ष पनि पुर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा भएको छ ।

पालिका स्तरीय खोप समन्वय समिति अध्यक्ष एवम् माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा भएको घोषणा सभामा गाउँपालिका स्थित स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो । प्रत्येक वर्ष १६ देखि ५९ महिना भित्रका सम्पुर्ण बालबालिकालाई १५ महिना भित्र पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित गरि पालिकालाइ पुर्ण खोप दिगोपनाको लागि यस्तो कार्यक्रम गर्दै आइरहेको छ ।

माडी २ नम्बर वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य शेर बहादुर पुन, स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदी, माडी गाउँपालिकाका वडा अध्यक्षहरु, स्वास्थ्य कार्यालय रोल्पाका कर्मचारी, स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय स्वयमसेविका, स्वास्थ्यकर्मीलगाएतको उपस्थिति रहेको थियो । माडी गाउँपालिकाका ६ वटै वडा पुर्ण सुनिश्चितता र दिगोपना घोषणा भैसकेपछि आज पालिकालाई घोषणा गरिएको हो ।
माडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक जय प्रकाश बुढाको कार्यपत्र प्रस्तुतसँगै शुरु भएको कार्यक्रमको संचालन गाउँपालिकाका रोजगार सहायक विरसिङ वलीले गर्नुभएको थियो ।



