• एउटै दृष्टि, भिन्न कोण
  • Search

भौतिक पूर्वाधार निर्माण भन्दा नागरिकको स्वास्थ्य निर्माण पहिलो प्राथमिकता हो: मन्त्री पुनमगर

देउखुरी २०८१ जेष्ठ ३१ गते बिहिवार

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुनमगरले नागरिकको स्वास्थ्य राज्यको पहिलो प्राथमिकता बन्नुपर्ने  बताउनु भएको छ ।  लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा “प्रदेश को स्वास्थ्य क्षेत्र सुधारकोलागि जनप्रतिनिधि र स्वास्थ्यकर्मिसँग समन्वय र सहकार्य” विषयक  अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो विचार राख्नु भएको हो । 

उहाँले सडक, भवन, पुल  भन्दा पहिलो नागरिकको स्वास्थ्य हो भन्ने बिषय राज्यले बुझ्नु पर्दछ। मानिसको स्वास्थ्य राम्रो नभएमा, भौतिक बस्तुको सम्पन्नता भएपनि कसले प्रयोग गर्ने? भन्दै प्रश्न समेत गर्नुभएको छ । अब राज्यको पहिलो ध्यान नागरिकको स्वास्थ्य निर्माण गर्न हुनुपर्दछ । जवसम्म स्वास्थ्य राज्यको प्राथमिकता पर्दैन तबसम्म देश र देशवासि समृद्ध नहुने तर्क अगाडि सार्नुभएको हो।
स्वास्थ्य मन्त्री  पुनले संघ, प्रदेश र स्थानीय तहको स्वास्थ्य क्षेत्रको अधिकार वाडफाड गरे पनि एक आपसमा समन्वय विना अगाडि बढ्न नसकिने अवस्था छ ।  नेपालमा १५ सैयाको अस्पताल प्रत्येक स्थानीयतहमा बनाउने कार्यलाई गुरु योजना विना भवन मात्रै बनाएर सेवा प्रवाह नहुने, गाँउपालिकामा बनेका भवनबाट होइन, ती संरचनालाई  केन्द्रीकरणगरी एकीकृत स्वास्थ्य सेवा प्रदान गर्रनुपर्ने धारना राख्नुभयो ।

स्वास्थ्य मन्त्री पुले सरकारी अस्पतालहरु विरामी भेटहुने चौतारी जस्तो मात्रै बनेको कारण उपचार नीजी क्लिनिकहरुमा हुने गरेको प्रति गम्भिर भएर समिक्षा गर्न आवश्यक रहेकोले लोक सेवा लडेर आएको कर्मचारी, बढी मत लिएर आएको जनप्रतिनिधीहरुबाटै सेवा क्षेत्रको परिवर्तन शुरुवात गर्न आवश्यक रहेको साथै सुधारकालागि के गर्न सकियो त भन्ने कुराको प्रश्न आफैलाइ गरी काम गर्न सबैलाई निर्देशन दिनुभयो ।

कार्यक्रमको पहिलो चरणमा दाङ, बाँके, बर्दिया र अर्घाखाँची जिल्लाका स्थानिय सरकार प्रमुखहरु, स्वास्थ्य शाखा प्रमुखहरु र स्वास्थ्य कार्यालय प्रमुखहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस