• एउटै दृष्टि, भिन्न कोण
  • Search

नवनियुक्त मन्त्रीलाई जिम्मेवारी हस्तारण

देउखुरी २०८१ साउन १८ गते शनिवार

लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनमगरले नवनियुक्त स्वास्थ्यमन्त्री खेमबहादुर सारुलाई कार्यकक्षमा स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । नवनियुक्त स्वास्थ्य मन्त्री खेम बहादुर सारुलाई शुक्रबार मन्त्रालयमा स्वागत स्वागत गरि जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।

नवनियुक्त स्वास्थ्य मन्त्री खेमबहादुर सारुलाई निवर्तमान स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनमगरले कार्यकक्षमा स्वागत र जिम्मेवारी हस्तान्तरण गरिसकपछि नवनियुक्त स्वास्थ्य मन्त्रीले निवर्तमान मन्त्रीलाई औपचारिकरुपमा मायाको चिनो प्रदान गरेर विदाई गर्नुभएको छ ।

निवर्तमान स्वास्थ्य मन्त्रीले मानिसको स्वास्थ्य सबैभन्दा संवेदनशील क्षेत्र भएकाले गर्दा स्वास्थ्यको विकासकालागि गरिएका प्रयासहरुको पूर्णता दिनकालागि अनुरोध गर्नुभएको थियो । उहाँले मन्त्री फेरवदल भएपनि मन्त्रालयले लिएका दुर्गामी महत्वका विषयहरुलाई सबैले प्राथमिकताका साथ कार्यन्वयन गर्नुपर्ने सम्बोधनको क्रममा बताउनु भयो।

नवनियुक्त मन्त्रीलाई स्वागत तथा निवर्तमान मन्त्रीलाई विदाई गर्ने अभ्यास उच्च राजनैतिक संस्कार प्रदर्शन भएको प्रतिकृया रहेको छ।

प्रतिक्रिया दिनुहोस