माडी गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा गोष्ठी घर्तिगाउँमा सम्पन्न भएको छ ।
माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा भएको गोष्ठी हिजोबाट शुरु भएको हो । समीक्षा गोष्ठीमा उपाध्यक्ष जयपुरी घर्तिमगर, गाउँपालिका सामाजिक बिकास समिति संयोजक ललित घर्तिमगर, माडी ५ का वडा अध्यक्ष तेजेन्द्र बुढामगर, घर्तिगाउँ स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. अलि अन्सारी,अनमिहरु, गाउँपालिका स्थित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
गोष्ठीमा ६ वटै वडाका स्वास्थ्यको सम्पादित कामहरूको प्रस्तुतिकरण गरिएको थियो । त्यस्तै शाखा र अन्तर्गतका स्वास्थ्य संस्थाका सवल पक्ष र सुधार गर्नुपर्ने पक्षहरु औंल्याएर आगामी दिनमा स्वास्थका सूचकहरुलाइ राम्रो बनाउन कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।
समीक्षा गोष्ठीको सहजकर्ताको रुपमा स्वास्थ्य कार्यालय रोल्पाका ल्याब टेक्निसियन निरीक्षक जित बहादुर डाँगी रहनुभएको थियो भने कार्यक्रमको संचालन माडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक जय प्रकाश बुढाले गर्नुभएको थियो ।