• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेव र सानडाँडाँकै पक्षमा अन्तरिम आदेश: उध्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्रीको उद्घाटन अबैध

रोल्पा २०८१ असोज ९ गते बिहिवार

सर्बोच्च अदालतले भदौ २० गतेको मन्त्रीपरिषदको निर्णय सुकिदह गाउपालिका र केन्द्र सुकाओढार परिवर्तन सम्बन्धमा अन्तरिम आदेश जारी गरेको छ । स्थानिय भुपाल दमाईले दायर गरेको रिट निवेदनमा माननीय न्यायाधीश श्री सपना प्रधान मल्लको इजलासले साविककै गंगादेव गाउपालिका नाम तथा सानडाडा केन्द्र पूर्ववत: गाउपालिका संचालन गर्नु भनी  अन्तरिम आदेश जारी भएको हो ।

सबोच्च अदालतले अन्तरिम आदेशमा ” गंगादेव गाउपालिकाको मिति २०७९ /३ / ३१ को गाँउसभाको निर्णय तथा नेपाल सरकारको २०८१/५/२० निर्णय तत्काल कार्यान्वयन  नगर्नु नगराउनु  साविककै गंगादेव गाउपालिका नाम तथा सानडाडा केन्द्र पूर्ववत गाउपालिका संचालन गर्नु भनी सर्बोच्च अदालत संचालन नियमावली २०७४ को नियम ४९(२) (क) बमोजिम प्रत्यक्षिहरुको नाउमा अन्तरिम आदेश जारी गरिएको छ । प्रस्तुत आदेशको जानकारी प्रत्यक्षिहरुलाई दिनु ।”  भनिएको छ ।

साथै नेपाल सरकारको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ ।

निवेदकको तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारी, रामनारायण विडारी तथा अधिवक्ताहरु कपिलचन्द्र पोख्रेल, मुकुन्द न्यौपाने, प्रभाकर न्यौपाने ले बहस गरेका थिए ।

भाद्र २० गते नेपाल सरकारले निर्णय गरि गंगादेव गाउपालिकाको नाम सुकिदह र केन्द्र सानडाडा बाट सुकाओडार बनाउने निर्णय गरेको थियो । सोही निर्णयलाई टेकेर गाउपालिकाको नाम र केन्द्र राजपत्रमा प्रकाशित नहुदै हतार हतारमा लुम्बिनी प्रदेशका उध्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने को प्रमुख अतिथ्यतामा भाद्र २४ गते नाम सुकिदह र सुकाओडार केन्द्र उद्घाटन गरिएको थियो । सोही दिन गाउपालिकामा सार्वजनिक विदा समेत दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस