• एउटै दृष्टि, भिन्न कोण
  • Search

माडी गाउँपालिकाको समाजवादी मोर्चा भंग ।

रोल्पा २०८१ असोज १० गते शुक्रवार

रोल्पाको माडी गाउँपालिकामा समाजवादी मोर्चा भंग भएको छ ।

नेकपा माओवादी केन्द्रबाट सदस्य रहनुभएका सदस्यहरुलाइ पार्टीले आज बिज्ञप्ती निकालेर फिर्ता बोलाएपछि मोर्चा भंग भएको हो  । माडी गाउँपालिका अध्यक्ष र कर्मचारी माथी निराधार आरोप लगाएको र छलफलमा भएका कुरा बंगाएर आन्दोलन घोषणा गरेकाले मोर्चामा बस्नु उचित नभएको भन्दै आज मोर्चा भंगको घोषणा गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

निकै लामो कसरतले निर्माण भएको समाजवादी मोर्चा माडीको समिति भंग भएसँगै मोर्चाको जिल्ला कमिटी पनि भंग गर्ने तयारीमा नेकपा माओवादी केन्द्र रहेको विषेश स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस