विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका जिल्ला सेक्रेटरी सन्दिप सीलाइ माडी १ को घोर्नेटीमा कालोमोसो दलिएको छ।
स्थानीय मेला उद्घाटन समारोहमा उहाँलाई कालोमोसो दलिएको बताइएको छ । आइतवार दिउँसो माडी १ का सहिद परिवारहरुले सन्दिप सीलाई कालोमोसो दलेका हुन् ।

जिल्ला सेक्रेटरी सीले सशस्त्र संघर्षका बेलाका सहिदहरुलाइ अपमानित शव्द बोलेको, जनयुद्ध बेला उठाएका सहयोगलाई समेत सहिदहरुप्रती लक्षित अपशब्द बोलेकोले कलोमोसो दलिएको बताइएको छ । मेला उद्घाटन समारोहमा प्रमुख अतिथि माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले मन्तव्य राख्दै गर्दा नेकपाका जिल्ला सेक्रेटरी सन्दिप सीलगाएत केहि कार्यकर्ताले नारावाजी गर्न खोजेपछि कालोमोसो दलिएको थियो ।
गाउँपालिका अध्यक्ष घर्तिमगर मेला उद्घाटनमा पुग्नुभएको कार्यक्रममा जिल्ला सेक्रेटरी सीले आफ्नो मन्तव्य राखेपछि अध्यक्षले दिएको जवाफ नसुनेरै नारावाजी गर्न थालेपछि ने.क.पा. प्रति स्थानीय युवा आक्रोशित समेत भएका थिए । प्रहरीले भिडलाइ नियन्त्रण गर्दै मेला शान्त पारेको थियो ।
माडी गाउँपालिकामा ने.क.पा. ले केहि समयदेखि पालिका अध्यक्षलाई निराधार आरोप लगाएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको वताइएको छ ।