• एउटै दृष्टि, भिन्न कोण
  • Search

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा अब रोल्पामा पाइने

रोल्पा २०८१ मङ्सिर ९ गते सोमवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पामा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले एमबीबीएसको पढाई सुरु गर्ने, पढाइकोलागि ५० सिट प्राप्त गरेपछि रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीबाट आउटरिच सेन्टरकोरुपमा सेवा विस्तार गर्न लागेको हो । 

आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढी गाउँपालिका होलेरी रोल्पाबिच जनशक्ति व्यवस्थापनबारे लिखित सम्झौता भएको छ । कम्युनिटी आउट रिच सेन्टरको रुपमा रहने गरी सेवाको व्यवस्थापनकोलागि प्रतिष्ठानले होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस चिकित्सक नियुक्त गरेर पठाउने छ ।

राप्ती विज्ञान प्रतिष्ठानसँगको समन्वयमा रोल्पाबाट निर्वाचित माननीय दिपेन्द्र कुमार पुनमगरले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री भएको समयमा सेवा विस्तारकोलागि पहल थालेको बताएका छन । प्रतिष्ठान सँगको समन्वयमा प्राथामिक स्वास्थ्य केन्द्र होलेरीको पूर्वाधार र इकुपमेन्टकोलागि आवश्यकपर्ने वजेट १ करोड ३० लाख  बिनियोजन गरेको र  भिडियो एक्सरे सहित आवश्यक केहि इकुपमेन्ट भने मन्त्री पदमा रहदा नै उपलब्ध गराएको जानकारी दिए ।

माननीय दिपेन्द्र कुमार पुनमगरका अनुसार “आफू छोटो समय मन्त्री बन्दा पहाडी क्षेत्रमा रुन्टिगढीको होलेरी प्रा.स्वा.के र बंगलाचुली अस्पताल,  रोल्पा अस्पताल  र राप्ती प्रादेशिक अस्पताल तुलसिपुरबाट सेवा विस्तारगर्ने  गरि प्रतिष्ठानसँग गरेको समन्वय अनुसार नै काम भएको बताए ।

उनका अनुसार ´´रुन्टिगढी गाउपालिका सँगको सम्झौताले रोल्पाको समग्र दक्षिणि भेग रुन्टिगढी गाउपालिका र त्रिवेणी गाउपालिका, प्युठानको खाल, घोराही उपमहानगरपालिकाको उत्तरी क्षेत्रले सेवा लिने र सो क्षेत्रको स्वास्थ्य क्षेत्र सुधारमा योगदान हुनुको साथै स्वास्थ्य सेवालिन दाङ घोराही – तुल्सिपुर  जानुपर्ने वाध्यता हट्नेछ।”

एमबीबीएस चिकित्सकको व्यवस्था भएपछि त्यहाका जनताले २४ सै घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए । उनका अनुसार होलेरीमा एमबीबीएस चिकित्सक राखेर सेवा प्रवाह दिन सुरु गरिने र एमबीबीएस चिकित्सकको अभाव हुन नदिइने बताए ।

प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्साल र गाउँपालिका अध्यक्ष जनक पुनबिच भएको सम्झौता पुस १ गतेदेखि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस