• एउटै दृष्टि, भिन्न कोण
  • Search

राजनैतिक कार्यक्रमकोलागि प्रचण्ड दाङ आउदै

दाङ २०८१ पुष २४ गते बुधवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दाङ आउँनु हुने भएको छ । यही माघ ११ र १२ गते हुने माओबादी केन्द्र तुलसीपुर र घोराही उपमहानगरपालिको नगर अधिवेशनको उद्घाटन गर्न प्रचण्ड दाङ आउँन लागेको नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले बताए।

अध्यक्ष प्रचण्डले माघ ११ गते नेकपा माओवादी केन्द्र तुलसीपुर नगर अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै १२ गते पार्टीको घोराही नगरको अधिबेशनको उद्घाटनसंगै पत्रकार भेटघाट र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

दुई दिनको दाङ बसाईका क्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले दाङको समग्र बिकास निर्माणका बिषयमा छलफल समेत गर्नुहुने छ । घोराही र तुलसीपुरको नगर अधिवेशन भब्य बनाउँन सम्पूर्ण तयारी गरिएको आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस