रोल्पाको गंगादेव गाँउपालिका वडा नं ३ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र कुकुरगारेमा स्वास्थ्य सेवाको क्षेत्र विस्तार गरिएको छ । प्रसुति सेवालाई टेवा पुग्नेगरि भिडियो एक्सरे सेवा, बच्चा ताउने मेसिन, कम्फर्टेवल डलिभरि वेड, बच्चालाई निसास्सिन नदिन ईलेक्टिक सक्सन, फुड सक्सन लागायतका सामाग्रीहरु जडानगरि सेवा विस्तार गरिएको हो ।

लुम्बिनी प्रदेश सरकार बाट प्राप्त ग्रामिण अल्ट्रासाउन्ड मेसिन, प्रसुति सेवामा सामाग्री सेट (बेवि वार्म, डेलिभरि बेड, वेटिङ बेड, इलेक्ट्रोनिक सक्सन, फुड सक्सन) औपचारिक उद्घाटन भएको छ। आधारभुत स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिको आयोजनामा लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुन “सिजल” को हातबाट औपचारिक उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा पुनले ” रोल्पा जिल्लामा भौगोलिक बिकटतालाई मध्यनजर गरेर गंगादेव गाँउपालिकामा प्रसुति सेवालाई टेवा पुग्ने सामाग्री प्रदान गर्न निर्णय गरिएको र उद्घाटन गर्ने तयारी भैरहेको समयमा सरकार फेरबदल हुनु, विभिन्न ब्यस्तताले समय मिलाउन नसकेकाले औपचारिक उद्घाटन ढिला भएको बताए ।” उनका अनुसार प्रसुति सेवा संस्थाबाट मात्रै हुने भएपनि गर्भवती महिलालाई भिडियो एक्सरे सेवा अन्य वडामाग पुगेर दिन सकिने बताए ।
उहाँले “स्वास्थ्य सेवा लिने र दिने विषयमा राजनिति नगर्न सुझाव दिएका छ । स्वास्थ्य जस्तो संवेदनशील कुरामा राजनिती गर्ने विषय होईन । यो सेवा दिने थलो हो ।” उहाको तर्क थियो । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आपूर्ति विभागले सामाग्रीहरु अघिल्लो आवमा प्राप्तभइ यस आवमा जडान गरि संचालनमा आएको हो ।
लुम्बिनी प्रदेशमा माननीय जोखबहादुर महरा नेतृत्वको सरकारमा रोल्पा निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित माननिय दिपेन्द्र कुमार पुनमगर स्वास्थ्य मन्त्री भएको समयमा २० लाख भन्दा माथिको प्रसुति सेवालाई सहयोग पुग्ने सामाग्रीहरु आधारभुत स्वास्थ्य केन्द्रलाई प्राप्त भएको थियो ।
यस सेवाक्षेत्रका गर्भवती महिलाले गर्भमा रहेको वच्चाको अवस्था भिडियो एक्सरेमा हेरेर थाहा पाउन सक्नेछन । जटिल किशिमका प्रसुतिहरुलाई सुविधा सम्पन्न अस्पताल सम्म रिफर गर्न सहयोग पुग्नेछ । यसै आधारभुत स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिने आमा र बच्चाको सुरक्षाकोलागि सामाग्रीले टेवा दिनेछ ।