• एउटै दृष्टि, भिन्न कोण
  • Search

राप्ती गाउँपालिकाको अस्पताल: पूूर्व प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने

देउखुरी २०८१ माघ ८ गते बुधवार

दाङ जिल्लाको राप्ती गाउँपालिकामा २५ सैया अस्पताल बाट सेवा शुभारम्भ हुने भएको छ ।   नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”को हातबाट औपचारीक सेवा उद्घाटन भएपछि सेवा प्रारम्भ हुने भएको हो ।

राप्ती गाउँपालिका वडा नम्बर-५ सिसहनियाँ कालापानीमा नवनिर्मित पालिका स्तरीय राप्ती आधारभूत अस्पताल भवनको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले माघ १२ गते गर्नुहुने कार्यक्रम तय भएको छ ।

राप्ति गाउपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार माघ १२ गते दिउँसो १ बजे उद्घाटन कार्यक्रम हुनेछ । संघीय, प्रदेश र स्थानीय तहका विशिष्ट व्यक्तित्वहरू, स्वास्थ्यकर्मी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।
अस्पताल भवनको उद्घाटन कार्यक्रममा उपस्थितिकालागि पालिकाका अध्यक्ष प्रकाश विष्टले सबैलाई निमन्त्रणा गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका “प्रचण्ड” माघ ११ र १२ गते माओवादी केन्द्र तुलसीपुर र घोराही उपमहानगरपालिकाको नगर अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी भई त्यसपछि अस्पताल भवनको उद्घाटनकालागि सिसहनियाँ कालापानी आउनुहुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस