• एउटै दृष्टि, भिन्न कोण
  • Search

कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक, रोल्पामा परिवर्तन पहिलो

रोल्पा २०८१ फाल्गुन १ गते बिहिवार

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार १० ओटा स्थानीय तहेको रोल्पामा परिवर्तन गाउँपालिका उत्कृष्ट देखिएको छ । ६८ दशमलव ५ प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको छ भने सुनिलस्मृति गाउँपालकिाले ६६ दशमलव ३ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा छ ।

यस्तै, लुङ्ग्री गाउँपालिकाले ६४, रोल्पा नगरपालिकाले ६२ दशमलव ८ प्रतिशत, गंगादेव गाउँपालिकाले ६० दशमलव ४ प्रतिशत, थवाङ गाउँपालिकाले ५९ दशमलव २ प्रतिशत  अङ्क पाएका छन् । त्रिवेणी गाउँपालिकाले ५६ दशमलव ८ प्रतिशत, सुनछहरी गाउँपालिकाले ५६ दशमलव ३ प्रतिशत, माडी गाउँपालिकाले ५२ दशमलव ४ प्रतिशत र रुन्टीगढी गाउँपालिकाले ५० दशमलव ५ प्रतिशत अङ्क पाएका छन् ।

स्थानीय तहले आगामी आवको आय/व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए/नपठाएको, स्थानीय तहले समेत बजेटको वार्षिक समिक्षा कात्तिक मसान्त भित्र सार्वजनिक गरे÷नगरेकोजस्ता आधारमा पनि अंक दिइन्छ ।

आन्तरिक राजस्व संकलनको प्रक्षेपित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग लगायतका पक्ष पनि हेरिन्छ ।

स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्र स्थानीयस्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे/नगरेको पनि मूल्यांकन हुन्छ । स्थानीय तहमा विद्यालय भर्ना भएका बालबालिकाको संख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्यालाई समेत गरि १७ ओटा सूचकमा राखिएको छ ।

यस प्रारम्भिक नतिजामा चित्त नबुझे ७ दिन भित्र प्रमाण सहित नतिजा पुनराजलोकनको लागि निवेदन दिन सक्ने आयोगले व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस