रोल्पामा मदिरा सेवन गरिरहेका एक जनाकाे मृत्यु भएको छ।
सुनिलस्मृति गाउँपालिका -४ सुलिचौर बजारमा रहेको थकाली रेष्टुरेन्ट एण्ड लजमा मदिरा सेवन गरिरहेका लुङ्ग्री गाँउपालिका-६ उपल्लो गुम्चालका ३३ वर्षिय रोम बहादुर बुढाथोकीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
आइतबार बेलुकी साढे ५ बजेतिर बुढाथोकी हाेटेलमा आएर मदिरा मागेपछि हाेटेल संचालिकाले उनलाई मदिरा दिएपछि टेबलमा बसेर मदिरा सेवन गर्न लागेकाे र हाेटेल संचालिकाले केही समयपछि हेर्दा उनी अचेत अवस्थामा भुईमा लडेको देखेपछि इलाका प्रहरी कार्यालय सुलिचौरलाई खबर गरेपछि प्रहरी हाेटेलमा पुग्दा उनी मृत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक राेहित कुमार शाहीले बताए।
घटनाको बारेमा प्रहरी मृतककाे परिवारलाई जानकारी गराई थप अनुसन्धान अघि बढाए प्रहरी निरीक्षक शाहीले बताए।