• एउटै दृष्टि, भिन्न कोण
  • Search

तुलसीपुर खानेपानी निर्वाचन: १८८१ मत गणना हुँदा कांग्रेसको अग्रता कायमै अरु कसको मत कति ?

दाङ २०८१ चैत्र ३ गते आइतवार

तुलसीपुर खानेपानी निर्वाचनको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसले विभिन्न पदमा अग्रता कायम राखेको छ। १८८१ मत गणना हुँदा अध्यक्ष, उपाध्यक्ष, सचिव, तथा कोषाध्यक्ष पदमा कांग्रेसका उम्मेदवारहरू अगाडि देखिएका छन्।

अध्यक्ष पदका लागि नेपाली कांग्रेसका यमकान्त भण्डारीले ८३५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। माओवादी केन्द्रका सिताराम शर्माले ६१९ मत प्राप्त गरेका छन् भने एमालेका मनोज लामिछानेले ४३५ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष पदमा नेपाली कांग्रेसका नारायणप्रसाद शर्मा ८३६ मतसहित अग्रस्थानमा छन्। जनमोर्चाका दुर्गा प्रसाद भण्डारीले ३०२ मत पाएका छन् भने राप्रपाका लक्ष्मण केसीले ५५९ मत प्राप्त गरेका छन्।

सचिव पदका लागि कांग्रेसका रञ्जन कुमार गौतमले ७५० मत प्राप्त गर्दै अगाडि छन्। एमालेका भुवन भुषालले ६१४ मत प्राप्त गरेका छन् भने विप्लव नेतृत्वका रुद्रबहादुर वलीले ३९५ मत पाएका छन्।

कोषाध्यक्ष पदमा कांग्रेसका भोला प्रसाद थापा ८७० मत प्राप्त गर्दै अगाडि छन्। एमालेकी सुसिला न्यौपानेले ५६७ मत पाएकी छिन् भने माओवादी केन्द्रका कर्णबहादुर वलीले ३०४ मत प्राप्त गरेका छन्।

कुल ७१८२ मत खसेको निर्वाचनमा मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस