• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाको निगालपानी–जिनावाङ सड्क कालोपत्रे हुदै

रोल्पा २०८१ चैत्र ८ गते शुक्रवार

रोल्पाको निगालपानी–जिनावाङ कृषि सडक अन्तरगत (कोइला देखि झ्याम) खण्ड कालोपत्रे हुने भएको छ । राप्ती राजमार्गको वैकल्पीक सडकको रुपमा रहेको रोल्पाको त्रिवेणी गाउँपालिका–५ निगालपानीबाट कोइलाझ्याम–पातीहाल्ना, महानेटा, दलसिंगे हुँदै झुलनेटा जोड्ने सडकको (कोइला झ्याम) खण्ड कालोपत्रे हुने भएको हो ।
सडक निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको छ । सडक ४२ करोड ८१ लाख ४१ हजार ३१९ रुपैँया लागतमा कालोपत्रे हुन लागेको सडक पूर्वाधार कार्यालय रोल्पाका इन्जिनियर लोकप्रसाद बिष्टले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकार र संघिय सरकारको समपूरक बजेटबाट सडकको कालोपत्रे हुन लागेको हो ।

उहाँका अनुसार सडक कालोपत्रेको जिम्मा त्रिवेणी ब्रह्मयानी कन्ट्रक्सन प्रालि काठ्माण्डौले लिएको छ । आगामी २०८४ साल असोज ४ गते निर्माण सक्ने गरी गत मंगलबार (चैत ५) गते सम्झौता भएको हो ।
सडक आसफाल्ट प्रविधिमा आधारित कालोपत्रे हुने इन्जिनियर विष्टले बताउनुभयो ।

यसैबिच शुक्रबार सडक निर्माणको सार्वजनिकरण कार्यक्रम गरिएको छ । रोल्पाको निगालपानीमा भएको सार्वजनिकीकरण कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तथा निवर्तमान मूख्यमन्त्री जोखबहादुर महराले तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले के गरौ भनेर सोधेपछि माननीय दिपेन्द्र कुमार पुन (सिजल) सगँको परामर्शमा रोल्पाका दुइवटा सड्क संघिय समपुरकमा सिफारिस गरेको स्मरण गराउदै यो सडकको स्तरोन्नतीसंगै कृषिजन्यवस्तु बजारीकरणमा सहजता आउने बताउनुभयो । साथै निर्धारित समयमै निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।
सडक पूर्वाधार कार्यालय रोल्पाका प्रमुख हेमन्त न्यौपानेले समयमै काम सम्पन्न गर्न समयमै बजेट व्यवस्थापन गर्नुपर्नेमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । सडकका लागि अहिलेसम्म संघिय सरकारबाट १० करोड र प्रदेश सरकारबाट ४ करोडमात्रै प्राप्त भएकाले थप रकम प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस