जापानमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै ‘स्काई बृज एबोर्ड स्टडी प्रालि’ नामक नयाँ कन्सलटेन्सी तुलसीपुरमा सञ्चालनमा आएको छ।
नयाँ वर्षको अवसर पारेर आयोजित एक विशेष समारोहमा ९० वर्षीय बेद प्रसाद वलीले कन्सलटेन्सीको उद्घाटन गरेका हुन।

संस्थाका संचालक अरुण चन्दले जापान जान चाहने विद्यार्थीहरूलाई सहजीकरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको जानकारी दिए। उनका अनुसार जापानका विभिन्न शहरमा अवस्थित कलेजहरूमा सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ। पाँच/छ वर्षको अध्ययन ग्याप भएकाहरू र पढाइ अधुरै छाडेकाहरूले समेत आवेदन दिन सक्ने उनले उल्लेख गरे।
अर्का संचालक डम्मर राज वलीका अनुसार जापानमा लामो समय बसेर आएका अनुभवी प्रशिक्षकहरूद्वारा जापानी भाषा कक्षा सञ्चालन गरिनेछ। उनले समूहमा आवेदन दिने विद्यार्थीहरूलाई विशेष छुटको सुविधा रहेको र भिसा प्राप्त भएपछि बुझाउनु पर्ने शुल्कमा समेत छुटको व्यवस्था गरिएको जानकारी दिए।

प्रालिको कार्यालय तुलसीपुर उपमहानगरपालिका–५, सल्यानरोडस्थित कर कार्यालयको विपरीत छेउमा रहेको छ।