रोल्पाको माडी गाउँपालिकाबाट लागु औषध चरेस सहित ४ जना पक्राउ परेका छन ।
माडी गाउँपालिका वडा नम्बर २ घर्तिगाउँको हिलसाइड अटो वर्कसपबाट गएराती १० बजेतिर इलाका प्रहरी कार्यालय घर्तिगाउँले ४ जनालाई चरेससहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय घर्तिगाउँका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिव सिंह भण्डारीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा रोल्पा जिल्ला माडी गाँउपालिका वडा न.-२ घर्तिगाउँमा कोठा भाडामा लिएर “हिलसाईड अटो वर्कसप”संचालन गर्ने लमही नगरपालिका ५ कोइलाबास रोड बस्ने ३१ वर्षीय राजन गुप्ताको कोठामा (चरेस) सेवन गरीरहेको भन्ने गोप्य सूचनाको आधारमा सोधपुछ तथा खोजतलास गर्ने क्रममा दराजमाथि कालो प्लास्टिकमा लुकाई छिपाई राखेको प्लाष्टिक सहित ८.७५ ग्राम र प्लाष्टिक बाहेक ६.८२ ग्राम चरेस फेलापरी चरेस सहित ४ जनालाई नियन्त्रणमा लिएर रोल्पा जिल्ला अदालतबाट दिन १० म्याद थप गरि इप्रका घर्तिगाउँको हिरासतमा अनुसन्धान कार्य भइरहेको छ ।
अन्य पक्राउ पर्नेमा रोल्पा नगरपालिका वडा न.-२ मुलपानी बस्ने २८ वर्षीय भुपेन्द्र डाँगी, माडी गाउँपालिका वडा नं.-२ परिवाङ वस्ने २२ वर्षीय सुमन वुढा मगर र माडी २ पारिवाङ वस्ने २३ वर्षीय लोकेन्द्र वुढा मगर रहेको इलाका प्रहरी कार्यालय घर्तिगाउँले जानकारी दिएको छ ।