• एउटै दृष्टि, भिन्न कोण
  • Search

माडी १ मा एमाले पार्टी परित्याग गरी ठुलो संख्या माओवादी केन्द्र प्रवेश

रोल्पा २०८२ जेष्ठ ३१ गते शनिवार

रोल्पाको माडी गाउँपालिका वडा नम्बर १ अन्तर्गत ताले, कालाभीर, देउनिगालीमा रहेका ५० घर भन्दा बढी घरपरिवारबाट  सैयौँ एमालेका नेता कार्यकर्ता पार्टी परीत्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

आज माडी गाउँपालिका वडा नम्बर १ को कालाभीरमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् माडी गाउँपालिका स्थानीय सरकार प्रमुख अमरसिंह घर्तिमगर र पार्टीका गाउँपालिका अध्यक्ष भरत बहादुर बुढामगरले पार्टी प्रवेश गराउनु भएको हो ।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमालेका ४० जना पार्टी सदस्य रहेका छन भने अन्य सयौं उक्त पार्टी समर्थित रहेको बताइएको छ । माडी १ का पार्टी अध्यक्ष बलसिङ घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा माडी १ का सरकार अध्यक्ष रोहित सिंह घर्तिनगर, निवर्तमान वडा अध्यक्ष आम बहादुर घर्तिमगर लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन अन्जली केसी वलीले गर्नुभएको थियो ।

नेकपा एमाले पार्टी सदस्य परित्याग गरि नेकपा माओवादी केन्द्र प्रवेश गर्नेहरुमा १. बिजय खत्री, २.कमल खत्री, ३.पुर्ण बहादुर खत्री, ४.शितल वली, ५. बिर बहादुर खत्री, ६. मिना बिक, ७. टेक बहादुर वली, ८. कमल केसी, ९.हरी वली, १०. तुल्सिराम वली, ११. तिर्सना वली, १२.राज कुमार वली, १३.बिरबल वली, १४.राजेश वली, १५. नौरति वली, १६.शेर बहादुर वली, १७. शेर बहादुर वली, १८.तिलक वली,१९. राजु वली, २०. अर्जुन वली, २१.चन्द्री वली, २२.बेदु वली, २३.नन्द बहादुर वली, २४. बिर्जना वली, २५.बिशाल वली, २६. शिव प्रशाद वली, २७.प्रदिप खत्री, २८. शान्ति  बिक, २९.बिर्जना वली, ३०.नेवारसिँ बिक, ३१.देउमता बिक, ३२.राजकुमार बिक, ३३.मनसरा थापा, ३४.अर्जुन थापा, ३५. मनिशा बिक, ३६. सिताराम बिक, ३७. प्रेम वली, ३८. बिर बहादुर बिक, ३९.गनेश वली, ४०.बिमल खत्री ।

प्रतिक्रिया दिनुहोस